प्रयोग भइसकेका ३ लाख २० हजार कन्डम जफत

A notice in Nepali from Mechinagar Ward No. 10

भियतनामका प्रहरीले ३ लाख २० हजार भन्दा बढी प्रयोग भइसकेका कन्डोम जफत गरेको छ। स्थानीय मिडियलाई उदृत गर्दै बीबीसीले जनाएअनुसार पुन: प्रयोगमा ल्याउने गरी उपभोक्ताकहाँ पुर्‍याउन लाग्दा कन्डम जफत गरिएको हो।

दर्जनौं ब्यागमा पुन प्रयोगका लागि लैजान लागेको अवस्थामा कन्डम फेला परेको टेलिभिजन फुटेजमा देखाइएको छ। करिब ३ सय ६० किलो कन्डम बिन्ह डुवोङ प्रान्तको एक वायरहाउसमा फेला परेको हो। वायरहाउसकी संचालिकालाई प्रहरीले गिरफ्तार गरेको छ।

जफत गरिएका कन्डम पटक पटक धोएर, आकार परिवर्तन गराउँदै रि-प्याकेजिङ गरिएको अवस्थामा भेटिएको हो। र, त्यसलाई पुन: बजारमा पठाउन लागिएको थियो।

भियतनामको सरकारी टेलिभिजनले जनाएअनुसार एक किलोग्राम कन्डमको १७ सेन्ट पाउने लोभमा ती महिलाले यसको कारोबार थालेकी थिइन्। यस्ता कन्डम बजारमा कति बिक्री भए भन्ने चाहिँ खुल्न सकेको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.