काठमाडौं । टर्कीको जंगलमा भीषण आगलागी हुँदा सात जनाको मृत्यु भएको छ । भीषण आगलागी हुनुको कारण भने उच्च तापक्रम रहेको विदेशी सञ्चारमाध्यमले जनाएका छन् ।
टर्कीमा गर्मी मौसममा जंगलमा आगलागी हुनु सामान्य कुरा हो । तर सरकारी अधिकारीहरूका अनुसार यस पटकको आगलागी धेरै क्षेत्रमा फैलिएको छ।
टर्कीको दक्षिणी भाग अदाना, उस्मानिया, एन्टाल्या, मर्सिन, मुगला लगायतका विभिन्न स्थानमा आगलागी भएको बताइएको छ । जसमध्ये ८८ स्थानमा आगलागी नियन्त्रणमा आएको छ ।
टर्कीका मौसम विज्ञानका अनुसार एन्टाल्या क्षेत्रमा आगामी दिनमा तापक्रम ४७ डिग्री सेल्सियससम्म पुग्न सक्ने अनुमान छ ।