मेटा : फेसबुकको नयाँ नाम, थाहा पाउनु पर्ने चार तथ्य

A notice in Nepali from Mechinagar Ward No. 10

फेसबुकले आफ्नो कम्पनीको नाम परिवर्तन गर्ने घोषणा गरेको छ। बिहीबार फेसबुकका सिइओ मार्क जुकरबर्गले कम्पनीको कनेक्ट इभेन्टमा सम्बोधन गर्दै नयाँ नाम ‘मेटा’ रहने बताएका हुन्। त्यसो त केही मिडियाले यसअघि नै फेसबुकले नयाँ नाम राख्न लागेको रिपोर्टिङ गरिसकेका थिए। आउनुस्, यो न्वारन बारे जान्नै पर्ने चार तथ्य बुझौँ।

१) हामीले चलाउँदै आएको फेसबुकको नाम पनि परिवर्तन हुन्छ?

हुँदैन। जुकरबर्गले कार्यक्रममा भनेका छन्, ‘हाम्रो एप्स र ब्रान्ड परिवर्तन हुनेछैनन्।’ तर कम्पनीको नाम भने फेसबुकबाट मेटा हुनेछ। यो कम्पनीको स्वामित्वमा फेसबुक, मेसेन्जर, ह्वाटसएप, इन्स्टाग्राम आदि लोकप्रिय सामाजिक सञ्जालहरु छन्। ती सबैको नाम यथावत रहनेछ।

२) के चाहिँ परिवर्तन हुन्छ त?

कम्पनीको नाम। पहिले कम्पनीको नाम फेसबुक थियो भने अब ‘मेटा’ रहनेछ। सेयर बजारमा कम्पनीको नाम पनि फेसबुकको FB बाट परिवर्तन भएर MVRS हुनेछ डिसेम्बर १ देखि। यसका लागि मेटा डट कम पनि जुकरबर्गले लिइसकेका छन्।

३) किन गरियो परिवर्तन?

कनेक्ट इभेन्टमा जुकरबर्गले बताए अनुसार फेसबुक नाम कम्पनीले गर्ने गरेका सबै कामको प्रतिनिधित्व गरेन। कम्पनीको नाम एउटा प्रडक्टमा मात्र जोडियो। त्यही भएर नाम परिवर्तन गर्नुपरेको हो।

फेसबुकले सामाजिक सञ्जालका अतिरिक्त अरु क्षेत्रमा पनि काम गर्ने महत्त्वाकांक्षका बीच यो नाम परिवर्तन गरेको हो। अहिले फेसबुक मेटाभर्स प्रति बढी आकर्षित भएको छ। त्यही भएर उसले कम्पनीको नाम समेत यसैसित मिल्ने गरी मेटा राखेको छ।

उनले कार्यक्रममा भने पनि- अब हाम्रो पहिलो प्राथमिकता फेसबुक हैन, मेटाभर्स हुनेछ।

४) के हो मेटाभर्स ?

मेटाभर्सलाई धेरैले इन्टरनेटको भविष्य हुने बताएका छन्। यो भर्चुअल रियालिटीको विकसित रुप हो। फेसबुकले भर्चुअल रियालिटी भेटघाट एप वर्कप्लेस र सामाजिक भेटघाट स्थल होराइजन्सलाई परीक्षण गरिरहेको छ जसमा व्यक्तिको भर्चुअल रूप प्रयोग हुन्छ। उदाहरणका लागि मेटाभर्स प्रविधिमा तपाईँ अनलाइनमा लुगा किनमेल गर्न भन्दा पहिले त्यो लुगाको डिजिटल प्रारूपलाई लगाएर हेर्न सक्नुहुन्छ वा कार किन्नुभन्दा पहिले त्यो कारलाई भर्चुअल विश्वमा चलाएर हेर्न सक्नुहुन्छ।

 

– माई संसारबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.