Monday, June 21, 2021
- बिज्ञापन -
गृह अन्तर्राष्ट्रियट्रम्पको आरोपः मतगणनामा बाइडेनले घोटाला गरे हामी अदालत जान्छौँ

ट्रम्पको आरोपः मतगणनामा बाइडेनले घोटाला गरे हामी अदालत जान्छौँ

वासिङटन | अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकी चुनाव जितेको दावी गरेका छन् । साथै उनले प्रतिष्पर्धी जो बाइडेनलाई ‘ठग’को आरोप लगाएका छन् ।

यस्तै ट्रम्पले मत गणनामा विवादका कारण त्यसविरुद्ध आफू सर्वोच्च अदालतमा जाने चेतावनी दिएका छन् । ‘हामी ठ्याक्कै जित नजिक थियौँ, खासमा हामीले पहिल्यै जितिसकेका थियौँ,’ ट्रम्पले भनेका छन् । ट्रम्पले ह्वाइटहाउसबाट रातको साढे २ बजे असाधारण भनिएको भाषणमा यस्तो बताएका हुन् ।

‘हामीले अरु धेरै राज्य जितिरहेका थियौँ, र हामी घोषणा गर्दै थियौँ । र ठीक त्यसै बेला त्यहाँ घोटाला भयो । अमेरिकी जनतामाथिको ठगी थियो त्यो । तर हामी यस्तो हुन दिँदैनौँ,’ ट्रम्पले भने । साथै उनले अदालत जाने चेतावनी दिए । र ट्रम्पले सबै मतदान रोक्न चाहेको पनि बताए । मतपत्रहरु एकाबिहानै अचानक गायब पारिएकोले घोटाला गरिएको उनले आरोप लगाएका हुन् । यो अमेरिका र अमेरिकी जनताका लागि लज्जाको कुरा भएको उनले बताए ।

अमेरिकामा जारी चुनावमा रिपब्लिकन पार्टीका तर्फबाट डोनल्ड ट्रम्प र डेमोक्रेटका तर्फबाट जो बाइडेनबीच कडा प्रतिष्पर्धा भएको छ ।

सम्बन्धित अन्य समाचारहरु

Leave a Reply

- बिज्ञापन -

लोकप्रिय समाचारहरु