अमेरिकाको प्रदर्शनमा हिंसात्मक झडप

ओरिगन — अमेरिकाको पोर्टल्यान्डमा रंगभेद र प्रहरी दमनको विरोधमा भएको प्रदर्शनका क्रममा हिंसात्मक झडप भएका छन् ।
समाचार संस्था रोयटर्सका अनुसार प्रदर्शनकारीले बम तथा ढुंगा हानेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । झडपका क्रममा एक जना गम्भीर घाइते भएको जनाइएको छ ।

अमेरिकाको मिनिसोटा राज्यको मिनियापोलिसमा प्रहरी नियन्त्रणमा एक अश्वेत नागरिक जर्ज फ्लोयडको मृत्यु भएपछि अमेरिकाव्यापी प्रदर्शन सुरु भएको छ । उक्त प्रदर्शनले आइतबार सय दिन नाघेको छ ।

प्रदर्शनका क्रममा आफूहरूमाथि घरेलु बम प्रहार गरिएको प्रहरीले जनाएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार शनिबार राति भएको प्रदर्शनमा करिब ४ सय जना सहभागी थिए । प्रहरीले प्रदर्शनका क्रममा केहीलाई नियन्त्रणमा लिएको जनाए पनि संख्या उल्लेख गरेको छैन ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

रोहिग्ंया मुसलमानहरुको निगरानीका लागि पूर्वी नाकामा थप सुरक्षकर्मी परिचालन

२० मंसिर, मेचीनगर  : बंगलादेशबाट भारत हुँदैं रोहिग्ंया मुसलमानहरु नेपाल प्रवेश गर्न लागेको भन्दैं पूर्वी नेपालको सीमा क्षेत्रमा सतर्कता बढाइएसँगै...

थप समाचार Details

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.