बुधबार, पौष १५, २०७७
मध्य क्रोएशियामा शक्तिशाली भूकम्पका कारण सात जनाको मृत्यु भएको छ भने कयौ घाइते भएका छन् ।
जर्मन रिसर्च सेन्टर फर जीओसाइन्सेसका अनुसार स्थानीय समय अनुसार मंगलबार ११ बजेर १९ मिनेट जाँदा ६.४ म्याग्निच्यूड भूकम्प आएको हो ।
भूकम्पको धक्का छिमेकी देश बोस्निया र सर्वियाका साथै इटलीसम्म महसुस गरिएको थियो।