इन्डोनेशियाको राजधानी जाकार्ताबाट उडेको श्रीविजया एयरको विमान वेपत्ता

A notice in Nepali from Mechinagar Ward No. 10

आइतबार, पौष २६ , २०७७

इन्डोनेशियाको राजधानी जाकार्ताबाट उडेको श्रीविजया एयरको ७३७ बोइङ विमान वेपत्ता भएको छ। शनिबार दिउँसोदेखि वेपत्ता भएको सो विमानमा ६२ जना  यात्रु थिए । विमान उडेको चार मिनेटमा नै समुद्रमा खसेको संचार माध्यमहरुले बताएका छन् ।

श्रीविजया एयरको बोइङ ७३७ विमान जाकार्ताबाट पश्चिम कलिमनतन प्रान्ततर्फ जाँदै गर्दा सम्पर्क टुटेको इन्डोनेशियाका अधिकारीलाई उधृत गर्दै बीबीसीले जनाएको छ। प्रत्यक्षदर्शीले विष्फोटको आवाज सुनेको बताएका छन्।

बीबीसीका अनुसार एउटा माछा मार्ने पानीजहाजका सोलिहिन भन्ने व्यक्तिले दुर्घटना भइरहेको देखेको र त्यसपछि आफ्नो क्याप्टेनले टापुतर्फ फर्किजाने फैसला गरेको बताएका छन्। उनले भनेका छन्, “विमान बिजली गतिमा समुद्रमा झरेर पानीमै विष्फोट भयो। हामी यति नजिक थियौँ कि केही टुक्रा हाम्रो जहाजमा ठोक्किएका थिए।”


घटनास्थलको नजिक टापुमा रहेको बासिन्दाले पनि आफूहरुले केही त्यस्तो वस्तु भेटेको जुन विमानको टुक्रा भएको हुनसक्ने बताएका छन्। त्यसैले विमान समुद्रमा खसेको विश्वास गरिएको छ। इन्डोनेशियाका जलसेनालाई विमान पत्ता लगाउनका लागि तैनाथ गरिएको छ।

फ्लाइट ट्रयाकिङ वेबसाइट फ्लाइटरडार ट्वान्टीफोरका अनुसार विमान एक मिनेटभन्दा कम समयमा १० हजार फिटभन्दा तल आएको थियो। त्यहाँको यातायात मन्त्रालयले विमान पत्ता लगाउन तथा उद्दार गर्न विभिन्न १० वटा पानीजहाज खटाइसकेको जनाएको छ।

इन्डोनेशियामा कयौँ पुराना विमानले उडान भर्ने गरेको बताइएको छ। शनिबार बेपत्ता भएको विमान २६ वर्ष पुरानो थियो। सुरक्षित उडानको मामलामा इन्डोनेशियाको तथ्यांक राम्रो छैन। अझै पनि त्यहाँ १९८० र ९० को दशकमा बनेका कयौँ विमान प्रयोगमा छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.