Thursday, January 21, 2021
meromechinagar@gmail.com
समाचार भेटिएन
सबै हेर्नुहोस्
Mero Mechinagar
Advertisement
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो
Mero Mechinagar
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो
Mero Mechinagar
समाचार भेटिएन
सबै हेर्नुहोस्
गृह अन्तर्राष्ट्रिय

६५ दिन लामो योजनापछि अमेरिकामा संसद हमला? ‘अचानक भएको घटना होइन’

मेरो मेचीनगर डेस्कमेरो मेचीनगर डेस्क
January 11, 2021
0
1 min read
in अन्तर्राष्ट्रिय
0
सेयर
7
भ्यू
Share on FacebookShare on TwitterShare on WhatsApp
६५ दिन लामो योजनापछि अमेरिकामा संसद हमला? ‘अचानक भएको घटना होइन’

पछिल्लो समय वासिङटन डिसीमा जस्ता प्रवृत्तिका घटनाहरू देखिए ती धेरैका लागि अविश्वसनीय छन्। तर, दक्षिणपन्थी समूह र षड्यन्त्रकारीको अनलाइन गतिविधिमाथि निगरानी राख्ने मानिसहरूलाई घटनाको पूर्वानुमान थियो।

अमेरिकी राष्ट्रपति पदको लागि जुन दिन मतदान भयो त्यस रात डोनाल्ड ट्रम्पले ह्वाइट हाउसको एक मञ्चबाट आफ्नो जीत घोषणा गरेका थिए। त्यसअघि उनले आफ्नो मत अरुले चोर्ने प्रयास गरेको आरोपसहित ट्वीट समेत लेखेका थिए। उनका तर्क अति उत्साहित समर्थकहरूले खोजेनन् तथ्य के हो?

ट्रम्पले जीत घोषणा गरेको ६५ दिनपछि दंगा भयो। समूहले अमेरिकाको क्यापिटल भवनलाई तहस नहस गरिदिए। दंगा गर्नेहरू अतिवादी दक्षिणपन्थीदेखि अनलाइन ट्रोल गर्नेहरू र ट्रम्‍प समर्थकहरू। उनीहरू मान्छन् दुनियाँलाई बाल यौन दुराचारीहरूले चलाइरहेका छन् र उनीहरूलाई ट्रम्पले ठीक पार्छन्। चुनावमा धाधलीको आरोप लगाउने समूह ‘स्टप द स्टील’ पनि सहभागी थिए।

क्यापिटल हाउसमा भएको घटनाको ४८ घण्टापछि अर्थात् जनवरी ८ तारिखमा ट्वीटरले ट्रम्प समर्थक केही प्रभावशाली व्यक्तिहरूको अकाउन्ट बन्द गर्न शुरु गर्‍यो। ती यस्ता अकाउन्ट थिए जसमार्फत् लगातार षडयन्त्र प्रोत्साहित भइरहेको थियो। चुनावी नतिजा उल्टाउनु पर्ने तर्क राखिरहेका थिए।

ट्रम्पले पहिलेदेखि नै चुनावी नतिजा प्रभावित पार्न सकिने बताउँदै आएका थिए। मतदान शुरू नहुँदै भ्रम फैलाइरहेका थिए। तथ्यहीन जानकारी प्रवाह गरेकै कारण डोनाल्ड ट्रम्पको समेत अकाउन्ट बन्द गरियो। उनलाई हिंसा भड्काएको आरोप छ। त्यो हिंसा जसमा सुरक्षाकर्मी र प्रहरीको उपस्थिति देखिँदैन।

रिपब्लिकन पार्टीको पोलिङ एजेन्टलाई फिलाडेल्फिया पोलिङ स्टेशनमा प्रवेश रोक लगाइएको थियो। जहाँ रोक लगाइयो त्यहाँको भिडियो भाइरल भयो। जसमा ती पार्टी कार्यकर्ता भित्र छिर्न पाउँछन्। लगत्तै एकपछि अर्को भिडियो, फोटो तथा ग्राफिक्सहरू सार्वजनिक भए जसमा ह्यास ट्याग स्टप द स्टीलको प्रयोग गरिएको छ। उनीहरू मतदानको धाधली रोक्न दवाव दिँदै थिए।

चार नोभेम्बरमा मत गणना जारी थियो। सञ्चार माध्यमले जो बाइडेनको जीत घोषणा गर्न तीन दिन बाँकी थियो। तब ट्रम्पले आफ्नो जीत दावी गर्दै भनेका थिए – अमेरिकी जनतामाथि धोका हुँदैछ। उनी प्रमाण र तथ्यको आधार बिना बोलेका थिए।

मतदान हुँदाहुँदै स्टप र स्टील नामक समूह निकै सक्रिय भइसकेको थियो। उक्त नामसहितको फेसबुक ग्रुप सर्वाधिक चाँडो सदस्य बढ्ने ग्रुप भएको बीबीसीमा जनाइएको छ। एकदिनमा ३ लाख सदस्य जोडिएका थिए। त्यहाँको अधिकांश पोस्ट प्रमाण बिनाका आरोपहरू थिए। मत गणनामा धाधली भएको, मृत व्यक्तिको नाममा मत खसालेको, मेसिनले पनि ट्रम्पका भोटहरू बाइडेनको नाममा गनेकोलगायत आरोपहरू थिए।

क्रान्ति र जनआन्दोलन प्रोत्साहित गर्ने पोस्टहरूले भने सबैलाईघ चिन्तित तुल्याएको थियो। लगत्तै फेसबुकले उक्त समूह हटायो। तर त्यतिन्जे ५ लाख जना जोडिएको समूहबाट दर्जनौं त्यस्ता समूह बनेका थिए। त्यस समूहले स्टप द स्टील नामक वेबसाइटसमेत ल्याएका थिए।

नोभेम्बर ७ मा जो बाइडेनको जीत घोषित भयो। डेमोक्रेट्सहरू उत्सव मनाउन सडकमा निस्किए। ट्रम्प समर्थक भने सामाजिक सञ्जालमार्फत् नकारात्मक प्रतिक्रिया जनाउन थाले। उनीहरूले बाइडेन समर्थकलाई चुनौती दिए। ‘मिलियन मेक अमेरिका ग्रेट अगेन’ भन्दै प्रदर्शन गरे। हजारौं उपस्थित र्‍यालीलाई ट्रम्पको विद्रोह शुरू भएको संज्ञा दिइयो। विशेषगरी दक्षिणपन्थी, प्रवासी विरोधी र पुरुषहरूको समूह ‘प्राउड ब्याच’ सहभागी थिए। सडकमा हिंसा भड्काउने यीनै थिए जसले क्यापिटल हाउसमा पसेर दंगा मच्चाए।

अदालतले मतगणना धाधलीको आरोप मिथ्या भएको बताइसक्दा पनि अनलाइनमार्फत् सोही मार्काका सन्देशहरू प्रवाह भइरहे। उक्त सन्देश पुष्टि गर्न सिडनी पावेल र लिन वुडको भरोसामा थिए ट्रम्प समर्थक। अभियन्ता एवं पूर्व सरकारी वकिल रहेका उनीहरू ट्रम्प समर्थक बीच ‘हिरो’ बनेका थिए। उनीहरूले अनलाइनमार्फत् अफवाह फैलाउन सहयोग पुर्‍याए पनि कानूनी हिसाबमा कमजोर नै ठहरिए।

उनीहरूले दुई सय पाना लामो आरोपपत्र त तयार गरे तर ती ‘कन्सपिरेसी थ्योरी’मा आधारित भएको बताइयो र अदालतमार्फत् खारेज भयो।

जब अदालतले ट्रम्पको कानूनी अपील खारेज गरिदियो तब अतिवादी दक्षिणपन्थीले चुनावकर्मी र सरकारी अधिकारीहरूलाई निशाना बनाउन सुरु गरे। जर्जियाका एक चुनावकर्मीलाई मार्ने धम्की दिइयो। घटनाले प्रष्ट्र्याउँछ मतदानको प्रक्रियालाई प्रभावित बनाउन ट्रम्प समर्थक लागि परे।

कर्मचारीहरूको घर बाहिर हर्न बजाउँदै गाडी चलाइरहे। उनीहरूको पत्नीलाई यौन हिंसाको धम्की दिए।

आरिजोनामा प्रदर्शनकारी डेमोक्रेट प्रान्त मन्त्री क्याटी होब्सको घर बाहिर जम्मा भए र प्रदर्शन गरे। भने,’तिमीहरूलाई निरन्तर हेरिरहेका छौं।’

डिसेम्बर ११ मा अमेरिकाको सर्वोच्च अदालतले टेक्सस प्रान्तको चुनावी नतिजा खारेज गर्ने कोशिश निरस्त गरिदियो। एकपछि अर्को गर्दै ट्रम्पको कानूनी र राजनीतिक ढोकाहरू बन्द हुन थाले उनका समर्थक सामाजिक सञ्जालमा हिंस्रक बने। डिसेम्बर १२ मा स्टप द स्टीलको दोस्रो र्‍याली आयोजना भयो। ‘मेक अमेरिका ग्रेट अगेन’ भन्ने नारासहित दक्षिणपन्थीहरू उर्लिए। उक्त र्‍याली पछि पनि हिंसा भड्किएको थियो।

ठीक दुई दिन पछाडि इलेक्ट्रोल कलेजले बाइडेनको जीतका मुहर लगायो। वैधानिक बाटो बन्द भयो र ट्रम्पका समर्थकहरू आक्रोशित भए। उनलाई बचाउनका विकल्पहरू खोजे। ट्रम्पलाई रोमन साम्राट जूलियस सीजरको बाटो अपनाउने सल्लाह समेत दिइयो। वा लोकतन्त्रको बहालीका लागि सेनाको वफादारीको प्रयोग गर्न सुझाव दिइयो।

डिसेम्बर १८ मा ट्रम्पले ह्वाइट हाउसमा रणनीतिक बैठक डाँके। न्यूयार्क टाइम्सका अनुसार ट्रम्पलाई केही सल्लाहकारले सेनाको अधीनमा पुन: चुनाव गराउने सुझाव दिएका थिए। त्यहाँ युद्ध र क्रान्तिको कुरा पनि भएको थियो। ट्रम्प समर्थकहरूको आक्रोश बढिरहेको थियो। उनीहरूले आक्रोशलाई आन्दोलनको रुप दिए। र, हजारौंको संख्यामा जनवरी ६ मा वासिङटन पुगे।

ट्रम्पको झण्डालाई ‘लडाईको झण्डा’ भन्दै तस्विर राखे। आफूहरू बाटोमा भएको जानकारी दिए। सोही दिन ट्रम्पले ह्वाइट हाउसको इलिप्स पार्कमा हजारौंको भिडलाई एक घण्टाभन्दा बढी सम्बोधन गरे। त्यहाँ उनले आफूहरू डटेर लड्नु पर्ने बताएका थिए। विश्लेषकहरूले सोही दिन हिंसाको आशंका स्पष्ट भएको बताएका थिए।

जर्ज डब्ल्यू बुसको कार्यकालमा आन्तरिक सुरक्षा मन्त्री रहेका माइकल चेरटफ उक्त हिंसालाई क्यापिटल पुलिसको कमजोरी मान्‍छन्। उनीहरूले जिम्मेवारी निर्वाह नगरेको बताएका छन्।

यो हिंसाको आशंका केही साता अघि नै गरिएको जनाइएको छ। चरमपन्थी एवं षडयन्त्रकारीहरूलाई मतदान चोरिएकोमा विश्वास थियो। उनीहरू अनलाइनमार्फत् लगातार हतियार राख्ने र हिंसाको कुरा गरिरहेका थिए। प्रहरीले उनीहरूको पोस्टलाई गम्भीर रुपमा लिएनन्। जाँच गरेनन्। कारवाही गरेनन्।

क्यापिटल भवनमा आक्रमण गर्नेहरूको गिरफ्तारी भने जारी छ। यसैबी जो बाइडेन आउँदो जनवरी २० मा राष्ट्रपतिको सपथ लिँदैछन्। त्यसदिन सुरक्षा चुनौती निकै गम्भीर विषय बन्ने विश्लेषकहरूले बताएका छन्।

0
सेयर
7
भ्यू
Share on FacebookShare on TwitterShare on WhatsApp
पुर्व समाचार

उपभोक्ताबाटै लिटरमा थप ५० पैसा असुल्ने पेट्रोलियम व्यवसायीको घोषणा, कमिसन बढाउँछौं : निगम

अर्को समाचार

पृथ्वी जयन्तीको अवसरमा निकालेको र्‍याली प्रहरीको धरपकड

सम्बन्धित समाचारहरु

नेपाललाई भारतले दियो १० लाख डोज कोरोनाविरुद्धको खोप, कसरी हुन्छ खोपको वितरण ?
अन्तर्राष्ट्रिय

नेपाललाई भारतले दियो १० लाख डोज कोरोनाविरुद्धको खोप, कसरी हुन्छ खोपको वितरण ?

सुजन प्रधान
January 20, 2021
दिल्ली क्यापिटल्सबाट सन्दीप भए फुकुवा
अन्तर्राष्ट्रिय

दिल्ली क्यापिटल्सबाट सन्दीप भए फुकुवा

मेरो मेचीनगर डेस्क
January 20, 2021
नयाँ स्वरुपको कोरोना भाइरस विश्वका ६० देशमा पुग्यो
अन्तर्राष्ट्रिय

नयाँ स्वरुपको कोरोना भाइरस विश्वका ६० देशमा पुग्यो

मेरो मेचीनगर डेस्क
January 20, 2021
चेल्सीलाई हराउँदै लेस्टर सिटी इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा
अन्तर्राष्ट्रिय

चेल्सीलाई हराउँदै लेस्टर सिटी इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा

मेरो मेचीनगर डेस्क
January 20, 2021
0 0 vote
Article Rating
Subscribe
Connect with
Login
I allow to create an account
When you login first time using a Social Login button, we collect your account public profile information shared by Social Login provider, based on your privacy settings. We also get your email address to automatically create an account for you in our website. Once your account is created, you'll be logged-in to this account.
DisagreeAgree
Notify of
Connect with
I allow to create an account
When you login first time using a Social Login button, we collect your account public profile information shared by Social Login provider, based on your privacy settings. We also get your email address to automatically create an account for you in our website. Once your account is created, you'll be logged-in to this account.
DisagreeAgree
Please login to comment
0 Comments
Inline Feedbacks
View all comments
 
 
 
 

हामीलाई फेसबुकमा लाईक गर्नुहोस

हामीलाई फेसबुकमा लाईक गर्नुहोस

लोकप्रिय समाचारहरु

  • शिवसाताक्षी एफसी ४ - २ गोल अन्तरले काकँरभिट्टालाई हराउँदै पुग्यो फाइनल
    शिवसाताक्षी एफसी ४ - २ गोल अन्तरले काकँरभिट्टालाई हराउँदै पुग्यो फाइनल
  • नयाँ स्टक एक्सचेञ्ज छिट्टै खुल्ने, १० कित्ताको व्यवस्था हट्ने
    नयाँ स्टक एक्सचेञ्ज छिट्टै खुल्ने, १० कित्ताको व्यवस्था हट्ने
  • झापामा ६ महिनामा ३८ जनाको मृत्यु
    झापामा ६ महिनामा ३८ जनाको मृत्यु
  • एकलाख रुपैयाँँ बढीको ब्राउन सुगरसहित दुईजना युवा पक्राउ
    एकलाख रुपैयाँँ बढीको ब्राउन सुगरसहित दुईजना युवा पक्राउ
  • युटुबमा रिलिज भयो ‘छ माया छपक्कै’
    युटुबमा रिलिज भयो ‘छ माया छपक्कै’
अर्को समाचार
पृथ्वी जयन्तीको अवसरमा निकालेको र्‍याली प्रहरीको धरपकड

पृथ्वी जयन्तीको अवसरमा निकालेको र्‍याली प्रहरीको धरपकड

Mero Mechinagar

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ५९०/०७७/०७८

संचालक समूह :

अध्यक्ष : उदयकुमार श्रेष्ठ
प्रवन्ध निर्देशक : सुजन प्रधान
प्रधान सम्पादक : चेतनाथ गाैतम
सम्पादक : लक्ष्मीप्रसाद उप्रेती

सम्पर्क :

मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल
फोन नं : ९८५२६६२२६५
इमेल : meromechinagar@gmail.com

वर्गीकृत समाचार

  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अपराध / कानून
  • अर्थ / वाणिज्य
  • कृषि
  • कोरोना अपडेट
  • खेलकुद
  • धर्म / संस्कृति
  • पर्यटन / भ्रमण
  • फोटो / भिडीयो
  • मनोरन्जन
  • मुख्य समाचार
  • राजनीति
  • राष्ट्रिय
  • शिक्षा
  • समाज
  • साहित्य / कला
  • सूचना / प्रविधि
  • स्थानीय समाचार
  • स्वास्थ्य / जीवन शैली

Mero Mechinagar © 2020 | Powered by: The Hub

समाचार भेटिएन
सबै हेर्नुहोस्
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो

Mero Mechinagar © 2020 | Powered by: The Hub

wpDiscuz