प्रत्येक वर्ष संसारभरि लगभग सात अर्ब भाले चल्लाको हत्या हुने गरेको छ । कुखुरा उद्योगलाई चल्लाको आवश्यकता कम भएकाले हत्या गरिने गरिएको हो ।
पोथी चल्लाहरू चाहिँ बढी आवश्यक हुन्छन् किनकि तिनीहरूले अण्डा दिन्छन् ।
चल्लाहरूको हत्या रोक्नका लागि इजरायलको एक स्टार्टअपले नयाँ तरिका खोजेको छ । अण्डाबाट निस्कनुअघि नै चल्ला पोथी चल्लामा परिणत हुने प्रविधि उसले ल्याएको छ ।
चल्लालाई मासुका लागि पाल्न महंगो पर्ने भएकाले धेरै देशमा चल्लालाई मशिनमा राखेर धुजाधुजा पारिन्छ । कैयौं ठाउँमा चाहिँ ग्यास दिएर उनीहरूलाई मारिन्छ ।
तर चल्लालाई अण्डाबाट निस्कनेबित्तिकै पोथी चल्ला बनाउँदा उनीहरूको हत्या नहुने द गार्डियन पत्रिकाले लेखेको छ ।
इजरायलको स्टार्टअप कम्पनी सूस टेक्नोलोजीले यो प्रविधि विकसित गरेको हो ।
सूस टेक्नोलोजीको स्थापना सन् २०१७ मा भएको थियो । यसले पोल्ट्री इम्ब्य्रोको लिंग परिवर्तन गर्नेछ । त्यसपछि अण्डाबाट पोथी चल्ला मात्र निस्कन्छ ।
सूस टेक्नोलोजीले साउन्ड भाइब्रेसनमार्फत यो काम गर्नेछ । कम्पनीका सीईओ याएल अल्टरले अण्डाहरूलाई साउन्ड भाइब्रेसन नजिक राख्दा भाले चल्लाहरूको जिनमा परिवर्तन आउनेछ । उनीहरूको भाले अण्डकोष परिवर्तन भएर ओभरीमा परिवर्तन हुन्छ ।
अल्टरका अनुसार, यस प्रविधिले ६० प्रतिशत अण्डाको जिन परिवर्तन गरेको छ । चल्लाको साटो पोथी चल्ला जन्मिरहेका छन् र भाले चल्लाहरूको हत्या गर्नुपरेको छैन ।