नोबेल शान्ति पुरस्कारका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नोमिनेट

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सन् २०२१ को नोबेल शान्ति पुरस्कारका लागि नोमिनेट गरिएको छ । नर्वेका सांसद तथा नाटो संसदीय सभाका लागि नर्वेजीयन प्रतिनिधिमण्डलका अध्यक्ष क्रिश्चियन टायब्रिंग गेजेडले ट्रम्पको नाम नोमिनेट गरेका हुन् ।

इजरायल र संयुक्त अरब इमिरेट्स बीचको शान्ति सम्झौतामा ट्रम्पको महत्वपूर्ण भूमिकालाई ध्यानमा राख्दै ट्रम्पलाई नोमिनेट गरिएको उनको भनाई छ । टायब्रिंगले सन् २०१८ मा पनि ट्रम्पलाई नोबेल शान्ति पुरस्कारका लागि नोमिनेट गरेका थिए ।

यस पुरस्कारका लागि मनोनित कुनै पनि सदस्यले विश्वव्यापी शान्ति स्थापना गर्न ट्रम्पले भन्दा बढी प्रयास नगरेको उनको दावी छ । ट्रम्पले इजरायल र युएई बीचमा सम्झौता मात्र नगराई उत्तर कोरिया र इरानसँग शान्ति वार्ताका लागि अपील पनि गरेको उनले बताए ।

ट्रम्पको नोमिनेशनका लागि लेखिएको पत्रमा भनिएको छ – ‘ट्रम्पले यस पुरस्कारका लागि तीनवटै योग्यताहरू पूरा गर्छन्। उनीले अरू देशहरूसँग कुनै पनि प्रकारका सशस्त्र द्वन्द्व बढाएनन् । युद्धको पहल पनि गरेनन्। ट्रम्पले मध्य पूर्वी देशहरूमा नाटो र अमेरिकी सेना घटाएका छन्। ३९ बर्षदेखि अमेरिकी राष्ट्रपतिहरुले या त अमेरिकालाई युद्धको अवस्थामा लगिरहेका थिए, या त अमेरिकालाई अन्तर्राष्ट्रिय सशस्त्र विवादमा अल्झाएका थिए । ट्रम्पले यसलाई समाप्त पारेका छन् ।’

नोबेल शान्ति पुरस्कारको लागि कसैलाई मनोनयन गर्न योग्य व्यक्ति एक लोकप्रिय व्यक्तित्व, राष्ट्रिय नेता, प्राध्यापक र पुराना विजेता हुनुपर्छ । यस पुरस्कारका लागि प्रत्येक वर्ष फेब्रुअरी र मार्चमा चयन नामांकनमा परेकाहरुको छनौट गरिन्छ । गरिन्छ।

२०२१ नोबेल शान्ति पुरस्कार अर्को वर्ष अक्टोबरमा घोषणा गरिनेछ। यस बर्षमा अर्थात् २०२० को नोबेल शान्ति पुरस्कारका लागि ३१८ नोमिनेशन गरिएको थियो । यी मध्ये २११ व्यक्ति र १०७ संगठनहरू रहेका थिए ।

कुनै पनि सांसदले कसैलाई नोबेल शान्ति पुरस्कारका लागि मनोनयन गर्न सक्दछन्। नोबेल शान्ति पुरस्कारका लागि उम्मेदवारहरूलाई विचार र पुरस्कृत गर्ने प्रक्रिया नर्वेमा पूरा हुन्छ । जबकि अन्य नोबेल पुरस्कारहरू छिमेकी देश स्वीडेनमा प्रदान गरिन्छ । नोमिनेशनमा परेकाहरुको नाम १ फेब्रुअरीसम्म नर्वेको नोबेल समिति समक्ष पठाइनेछ ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

रोहिग्ंया मुसलमानहरुको निगरानीका लागि पूर्वी नाकामा थप सुरक्षकर्मी परिचालन

२० मंसिर, मेचीनगर  : बंगलादेशबाट भारत हुँदैं रोहिग्ंया मुसलमानहरु नेपाल प्रवेश गर्न लागेको भन्दैं पूर्वी नेपालको सीमा क्षेत्रमा सतर्कता बढाइएसँगै...

थप समाचार Details

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.