रूसद्वारा युक्रेनसँगको ३० दिने युद्धविराम प्रस्ताव अस्वीकार, ‘अस्थायी राहत मात्र’ भन्दै खारेज

काठमाडौं : रूसी राष्ट्रपति भ्लादिमिर पुटिनका सहयोगी युरी उशाकोभले युक्रेनसँग ३० दिने युद्धविराम गर्ने अमेरिकी प्रस्ताव अस्वीकार गरेका छन्। उनले उक्त प्रस्तावलाई युक्रेनी सेनाको लागि मात्र ‘अस्थायी राहत’ भएको टिप्पणी गरे।

उशाकोभले साउदी अरबमा अमेरिका र युक्रेनबीच युद्धविरामबारे सहमति जुटेपछि पहिलो पटक प्रतिक्रिया दिँदै भने, “यो युद्धविरामको प्रस्ताव युक्रेनी सेनालाई मात्र पुनः संगठित हुन समय दिनका लागि ल्याइएको छ, वास्तविक शान्ति प्रक्रिया होइन।”

उनले रूसले दीर्घकालीन शान्ति सम्झौताका लागि मस्कोको हित र चासोलाई ध्यानमा राख्नुपर्ने बताए। साथै, अमेरिका र रूसबीच शान्तिपूर्ण वार्ता जारी रहेको जानकारी पनि दिए।

यसअघि साउदी अरेबियामा भएको वार्तापछि युक्रेनले अमेरिकी प्रस्तावअनुसार ३० दिनका लागि युद्धविराम गर्न सहमति जनाएको थियो। अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले अब रूसलाई पनि त्यसका लागि सहमत गराउने प्रयास गरिरहेका छन्।

तर, रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले हालै सैनिक पोशाकमा युद्धग्रस्त कुर्स्क क्षेत्रको भ्रमण गर्दै युद्धविराम स्वीकार्ने कुनै संकेत नदेखाएपछि रूस तत्काल युद्धविरामका लागि तयार नरहेको पुष्टि भएको छ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.