आम्स्टर्डमको रिज्क्स म्युजियममा दुई सय वर्ष पुरानो दुर्लभ कन्डम प्रदर्शनमा

A notice in Nepali from Mechinagar Ward No. 10

काठमाडौं, जेठ २५: नेदरल्यान्ड्सको राजधानी आम्स्टर्डमस्थित विश्वप्रसिद्ध रिज्क्स म्युजियममा लगभग दुई सय वर्ष पुरानो एक दुर्लभ कन्डम प्रदर्शनमा राखिएको छ। यो संग्रहालय प्रख्यात चित्रकारहरू रेम्ब्रान्ट (Rembrandt) र भर्मियर (Vermeer) का कलाकृतिका लागि प्रख्यात छ।

सन् १८३० मा बनाइएको यो गर्भनिरोधक कन्डम भेडाको आन्द्राबाट बनाइएको हुन सक्ने बताइएको छ। यो कन्डमको विशेषता यसमा अंकित गरिएको चित्र हो, जहाँ एक नन र तीन पादरीहरूको कामुक अवस्था देखाइएको छ। यो फ्रान्सको एउटा वेश्यालयले आफ्ना लागि बनाएको विश्वास गरिएको छ। यो दुर्लभ कन्डमका अहिले विश्वभरमा दुई वटा प्रति मात्र बचेको बताइन्छ। संग्रहालयले यसलाई ‘१९औँ शताब्दीको यौनिकता र वेश्यावृत्तिको झलक’ भनी चिनाएको छ।


क्युरेटरको अनुभव र कन्डमको विशेषता

रिज्क्स म्युजियमकी क्युरेटर जोयस जेलेन (Joyce Zelen) ले इरोटिक कला आफ्नो मनपर्ने अनुसन्धान विषय भएको बताएकी छिन्। उनले यो कन्डम किन्नका लागि संग्रहालय प्रमुखलाई सोध्दा सुरुमा उनी तर्सिएको अनुभव सुनाइन्। वास्तवमा संग्रहालयको संग्रह डेटाबेसमा ‘कन्डम’ शब्द नै थिएन। जेलेनले यो ‘कलात्मक प्रिन्ट गरिएको विशेष वस्तु’ भएको र जसरी भए पनि संग्रहालयमा हुनुपर्ने कर गरेपछि यसलाई किनिएको बताएकी छन्। यो कन्डम एक हजार यूरो (करिब १ लाख ४५ हजार नेपाली रुपैयाँ) मा किनिएको थियो।

कन्डममा एक जना ननले आफ्ना खुट्टा फैलाएर बसेको र तीन पादरीहरूले आफ्नो यौन उत्तेजना देखाइरहेका छन्। ननले एउटालाई देखाउँदै “यही मेरो छनौट हो” भन्ने उद्धरण राखिएको छ। यो उद्धरण पादरीहरूको ब्रह्मचर्य र ग्रीक देवीहरूको पौराणिक न्यायको व्यंग्य हो।


यौन स्वास्थ्यको इतिहास झल्काउने वस्तु

अब संग्रहालयको सात लाख ५० हजार प्रिन्ट, चित्र र फोटोग्राफसँगै यो कन्डमले पनि संग्रहालयको शोभा बढाउने छ। संग्रहालयले भनेको छ, “यसले यौन स्वास्थ्यको हाँसो र डर दुवैलाई देखाउँछ। यसले त्यो बेला कामुकताको शमन खोजी गर्दा अनिच्छित गर्भधारण र यौनरोग (विशेष गरी सिफिलिस) को डर थियो भन्ने कथालाई पुट दिन्छ।”

जेलेनले यो कन्डम फ्रान्समा बनाइएको हुन सक्ने र यो प्रयोगका लागिभन्दा वेश्यालयको महँगो स्मारिका जस्तो लाग्ने बताएकी छिन्। आउँदो नोभेम्बरसम्म चल्ने यस प्रदर्शनीको मुख्य आकर्षण नै अहिले यो कन्डम बन्न पुगेको छ।

कन्डमको प्रयोग प्राचीन इजिप्टमा छ हजार वर्ष पहिलेदेखि भएको मानिन्छ। जेलेनका अनुसार, १५औँ शताब्दियता पशु तथा माछाका झिल्लीबाट बनेका कन्डम प्रयोग हुन्थे। सन् १८३० मा रबरको आविष्कारपछि मात्र रबर कन्डमको प्रयोग सुरु भयो। यसअघि लिनन, माछाको मूत्राशय वा छालाका कन्डम प्रयोग हुन्थे, जुन असुविधाजनक त थिए नै, असुरक्षित पनि उत्तिकै थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.