सिजनमै नेपाली चिया निर्यातमा अवरोध : पूर्वी नाकाबाट चिया निर्यात ठप्प

A notice in Nepali from Mechinagar Ward No. 10

लक्ष्मी उप्रेती
३ जेठ, मेचीनगर : सिजनमै भारतले एकतर्फीरुपमा नेपाली चिया निर्यातमा अवरोध गरेपछि नेपाली चिया किसानदेखि व्यावसायीहरु समेत मारमा परेका छन् । चैतमा सुरु भएको चियाको सिजनमा भारतले अवरोध गरेका कारण यस क्षेत्रमा आश्रित श्रमिक र व्यवसायी मारमा परेको बताईएको छ ।

नेपालबाट निर्यात हुने चियामा भारत सरकारले सतप्रतिशत ल्याब परीक्षणको नियम २०२६ मे १ (१८ वैशाख) बाट लागु गर्ने जानकारी गराएको थियो । सोहि अनुसार दुई सातादेखि काँकरभिट्टा नाकाबाट चियाको निर्यात ठप्प छ ।
ॅभारत सरकारले सतप्रतिशत ल्याब परिक्षणको नाममा अवरोध गरेपछि दुई सातादेखि काँकरभिट्टा नाकाबाट निर्यात हुने चिया ठप्प छ ।’ चियाको निर्यातको काम गदैं आएका मेची भन्सार एजेण्ट रोशन अग्रवालले भने ।
यस विषयमा भने, मेची भन्सार कार्यालय काँकरभिट्टाले अनविज्ञता प्रकट गरेको छ । ॅहामीलाई चिया निर्यात रोकेको भन्ने चाँहि आधिकारीकरुपमा जानकारी छैन्‌’ कार्यालयका सूचना अधिकारी, भन्सार अधिकृत इश्वरकुमार हुमागाईँले भने, ॅ भारतीय भन्सारले चिया निर्यात रोक्ने भन्दा पनि नेपालबाट निर्यात हुने चियाको सतप्रतिशत ल्याब परीक्षण गर्नुपर्ने, प्रत्येक ट्रकको चियाको नमुना पानीट्यांकीबाट कोलकाता पठाएर त्यसको रिपोर्ट आएपछि मात्र पठाउन पाइने, यसको रिपोर्ट आउन सातदेखि १० दिनसम्म लाग्ने, यसको सवै खर्च सम्बन्धित व्यवसायीले नै व्यहोनुपर्ने भन्ने व्योहोराको पत्र ‘कोलकातास्थित सेन्ट्रल फुड ल्याबबाट चाँहि आएको छ ।’
‘कोलकातास्थित सेन्ट्रल फुड ल्याबमा नमुना परीक्षण गराएर मात्र चिया आयात गर्न दिने भारतीय भन्सारको अडानका कारण वैशाख तेस्रो सातादेखि नेपाली चिया निर्यात ठप्प रहेको अग्रवालको भनाई छ । यसअघि वर्षमा दुई पटक मात्र नेपाली चियाको गुणस्तर परिक्षण गर्ने गरेकोमा हाल भारतीय पक्षले प्रत्येक सवारी साधनको चिया परिक्षण गर्ने गरेको बताइएको छ ।

‘यसअघिसम्म एकपटकको नमुना परीक्षणको रिपोर्टले छ महिनासम्म चिया पठाउन पाइने सुविधा थियो’ एकजना व्यवसायीले नाम नलेखीदिने शर्तमा भने, ‘अहिले भारतीय भन्सारमा पुगेका प्रत्येक ट्रकको चियाको नमुना पानीट्यांकीबाट कोलकाता पठाएर त्यसको रिपोर्ट आएपछि मात्र आयात गर्न पाइने झन्झटिलो प्रावधानले नेपाली चिया उद्योगी, कृषक र व्यवसायी थर मारमा परेका छन् । ’
भारतीय भन्सारले अहिले नेपालबाट तयारी चिया लिएर त्यहाँ पुगेका प्रत्येक गाडीबाट आफैं नमुना लिएर कोलकातामा परीक्षण गराउन थालेको छ । परीक्षणको रिपोर्ट आएपछि मात्रै ट्रक छिर्न दिने भारतको पछिल्लो कदमले नेपाली उद्यमीलाई सास्ती बनाएको छ । भारतीय पक्षले हेरक सवारी साधनको चिया परीक्षण गर्दा समय धेरै लाग्ने ,खर्च बढी लाग्ने र झन्झटिलो प्रक्रिया भएको अग्रवालको भनाई छ ।
‘कोलकातास्थित सेन्ट्रल फुड ल्याबमा नमुना परीक्षण गराएर मात्र चिया आयात गर्न दिने भारतीय भन्सारको अडानले चिया भरिएका ट्रक सातादेखि रोकिएका छन्,’ उनले भने । निर्यात अवरोध भए सँगै नेपाली उत्पादक तथा व्यवसायीहरु समस्यामा परेका छन् । इलामको हिमालयन सांग्रिला टी प्रोड्युसर्स प्रालिको अर्थोडक्स चिया बोकेको ट्रक भारतीय नाकामा निक्कै अघिदेखि थन्किएको र बाकी ट्रकमा चिया लोड नभएको उनले बताए ।
ॅसरकारले चिया निकासी सहज बनाउनेतर्फ खासै चासो नदिएको उनको आरोप छ । सरकारले प्रयत्न गरेको त भनिरहेको छ तर कहिलेसम्म निर्यात सहज हुन्छ कुनै टुङ्गो छैन् । ’अग्रवालले भने । नेपाली चिया भारतीय नाका हुँदै तेस्रो मुलुकमा निर्यात हुन्छ । नेपाली चियाको ठूलो बजारमध्ये भारत पनि हो । निर्यात अवरोध भए सँगै नेपाली उत्पादक तथा व्यवसायीहरु समस्यामा परेका छन्‌ । नेपाली चियालाई भारतीय पक्षबाट अवरोध भएको यो पहिलो पटक भने होइन् । वैशाख तेस्रो सातादेखि भारतीय पक्षले नेपाली चिया निर्यातका लागि अवरोध गरेका हुन्‌ । मे १ अर्थात् १८ वैशाख देखि चियाको ल्याब परीक्षण गर्ने भारतीय पक्षको अडान थियो त्यसको भोलिपल्ट १९ वैशाख शनिबारदेखि नेपाली चिया निर्यातमा समस्या भएको व्यवसायीहरुको भनाई छ । नेपाली चिया निर्यातको अवरोध आजसम्म पनि कायम रहेको उनीहरुको भनाई छ ।
भारतको पश्चिम बंगाल राज्यको रानीगञ्ज पानीट्याँकी भन्सार नाकामै नेपाली चिया परिक्षणको नाममा निर्यात ठप्प बनाइए पछि व्यवसायीहरुले आर्थिकरुपमा घाटा व्योहोर्नु परेको बताइएको छ । विश्वबजारमा नेपाली चियाको सम्भावना उच्च भएपनि भारतले पटक–पटक गरिरहेको नेपाली कृषिजन्य वस्तुको भन्सार अवरोधले नेपाली उद्योगी र व्यापारी ले अनावश्यक झण्झण्ट व्योहोर्नु परेको बताइएको छ ।
नेपाली चिया निर्यातको सिजन हो अहिले । सिजनमा भारतीय पक्षको कारणले गर्दा नेपाली चिया निकास गर्न नपाउदा किसान देखि व्यवसायी समेतले घाटा व्यहोनुपर्ने समस्या हुने व्यवसायीहरुले गुनासो गरेका छन् । भारतीय पक्षले बिना कारण नेपाली चिया निर्यातमा अवरोध गर्ने गरेको आरोप नेपाल टी एसोशिएसनको छ ।
नेपाली चिया भारतीय चियाको तुलनामा गुणस्तरीय हुनुका कारणले गर्दा भारतीय व्यवसायीहरुले दुःख दिने गरेको नेपाली व्यवसायीहरु बताउछन्‌ । भारतीय पक्ष नेपालको जस्तो गुणस्तरीय चिया निर्यात गदैनन् जसको कारणले गर्दा नेपाली चियामा अवरोध गर्ने गरेको चिया व्यवासायीले बताए । परराष्ट्र मन्त्रालयले भारतीय विदेश मन्त्रालयलाई पत्र लेखेको थियो । उद्योग, वाािण्ज्य तथा आपूर्ति मन्त्रालयले गत चैत ३० मा नेपालको चिया निर्यातको विषयलाई लिएर परराष्ट्रमार्फत् हुदै भारतीय पक्षलाई पत्राचार गरी जानकारी गराएको थियो ।
निर्यातमा सहजीकरण गरिदिन पत्राचार गरे पनि भारतीय पक्षले लत्याएको आरोप छ । भारतीय पक्षले पत्रको बेवास्ता गरेपछि भन्सार नाकामा नेपाली चिया परिक्षणको नाममा निर्यात ठप्प बनाइएको व्यवासयीहरुको भनाई छ । बिनाकारण नेपाली व्यवासायीलाई चिया निर्यातको लागि दुख दिइरहेको छ । भारतले यसअघि पनि विभिन्न समयमा नेपाली अदुवा, अलैंचीलगायतका नगदेबाली आयातमा अघोषित प्रतिबन्ध गरिरहेको थियो । तयारी चियालाई बेला–बेला भारतीय भन्सार पुगेपछि अल्झाउने गरेपनि लामो समय रोकेर राखेको थिएन । पछिल्लो समय नेपाली तयारी चियाको लोगो लागू हुनु र तेस्रो मुलुकमा नेपाली चियाको माग बढेपछि निर्यातमा चाहिँ भारतीय अवरोध हुनुले आफूहरूलाई निरास बनाएको व्यवसायी बताउँछन् ।

भारतीय पक्षले चिया निर्यातमा अवरोध गरे सँगै बुधबारको संसदमा बैठकमा सो विषय उठान भएको थियो । नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले बुधबारको प्रतिनिधि सभा बैठकमा चिया निर्यातको अवरोध समाधान गर्न माग गरेका थिए । ‘चिया निर्यात ठप्प जस्तै भएको छ । यसको समाधान आवश्यक छ ।’ प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले भनेका थिए ।

नौ महिनामा दुई अर्ब बढीको चिया निर्यात
काँकरभिट्टा नाका भएर चालु आर्थिक वर्ष २०८२-८३ को नौ महिनामा दुई अर्ब ५८ करोड १९ लाख ८५ हजार रुपैयाँ मुल्य बराबरको चिया निर्यात भएको मेची भन्सार कार्यालय काँकरभिट्टासँग अभिलेख छ । तर, अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा चालु आवमा चिया निर्यातमा कमि आएको सूचना अधकारी हुमागाईँले बताए । उनका अनुसार अघिल्लो आव २०८१-८२ को पहिलो नौ महिनामा यो नाका भएर तीन अर्ब २७ करोड २० लाख ७२ हजार रुपैयाँ बराबरको नेपाली चिया निर्यात भएको थियो । गत आवको नौ महिनाको तुलनामा चालु आवको सोहि अवधिमा ६९ करोड ८७ हजार रुपैयाँ वा २८ दशमलव ७३ प्रतिशतले चिया निर्यात घटेको छ ।
नेपालको चिया २८ भन्दा बढी मुलुकमा निर्यात हुने गरेको छ । नेपालबाट वार्षिक ३ अर्ब रुपैयाँभन्दा बढी रकमबराबरको चिया निकासी हुने गरेको भन्सार विभागले जनाएको छ । युरोप र अमेरिकी बजारमा बिक्री हुने उच्च गुणस्तरको तयारी अर्थोडक्स चिया नाकाबाटै समस्यामा पर्न थालेको व्यवसायीले गुनासो गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.