नेपालबाट चोरिएको ऐतिहासिक मूर्ति अमेरिकी सरकारद्वारा राजदूत खतिवडालाई वासिंगटनमा हस्तान्तरण

A notice in Nepali from Mechinagar Ward No. 10

नेपालबाट ३७ वर्षअघि चोरिएको एउटा महत्वपूर्ण मूर्ति अमेरिकी सरकारले नेपाललाई हस्तान्तरण गरेको छ।

सन् १९८४ मा नेपालबाट चोरेर अवैधरुपमा अमेरिका पुर्‍याइएको लक्ष्मीनारायण पनि भनिने वसुदेव–कमलाजाको मूर्ति अमेरिकाको फेडरल ब्युरो अफ इन्भेस्टिगेसन (एफबीआई) का उपसहायक निर्देशक टिमोथी एन. ड्युनह्यामले अमेरिकाका लागि नेपालका राजदूत डा. युवराज खतिवडालाई नेपाली दूतावासमै आयोजित एक विशेष समारोहबीच हस्तान्तरण गरेका हुन्।

दूतावासका अनुसार सो मूर्ति पाटनस्थित एक मन्दिरको ऐतिहासिक मूर्ति हो। त्यसलाई अमेरिकामा पुर्‍याई ड्यालस म्युजियम अफ आर्ट्स टेक्सासमा सन् १९९० देखि प्रदर्शन गरेर राखिएको थियो।

वसुदेव–कमलजाको मूर्तिमा विष्णु र देवी लक्ष्मीलाई प्रतीकात्मकरुपमा देखाइएको छ। ३३.५ इन्च उचाई र १९.२५ इन्च चौडाई रहेको सो मूर्ति नेपालको मध्यकालीन अवस्थामा बनेको अनुमान गरिन्छ।

‘सो मूर्ति सन् १९८४ मा ललितपुरको नारायण मन्दिरबाट चोरी गरी अवैधरुपमा अमेरिका ल्याइएको बताइन्छ,’ दूतावासले भनेको छ। सो मूर्तिलाई अब युनेस्कोको महासन्धि लगायतका आवश्यक प्रावधान तथा अन्य उचित प्रक्रिया पुरा गरी नेपाल पुर्‍याइने दूतावासले जनाएको छ।

सो हस्तान्तरण समारोहमा सम्बोधन गर्दै राजदूत खतिवडाले सो महत्वपूर्ण ऐतिहासिक मूर्ति फिर्ता गर्न सहयोग गरेकोमा अमेरिकी सरकारको प्रशंसा गरेका थिए।

‘यो महत्वपूर्ण कलालाई नेपालस्थित आफ्नो पुरानो ठाउँमै पुनर्स्थापना गर्नका लागि अमेरिकी सरकारले गरेको सहयोगप्रति राजदूत खतिवडाले आभार व्यक्त गर्नुभयो,’ दूतावासले भनेको छ, ‘साँस्कृतिक सम्पदाको संरक्षणमा दुई देशबीच भएको यो सहयोगले दुई मुलुकबीच रहेको बहुपक्षीय तथा दीर्घकालीन सहयोगलाई थप बलियो बनाउने उहाँले बताउनुभयो।’

त्यसैगरी सोहि समारोहमा सम्बोधन गर्दै अमेरिकी विदेश मन्त्रालयका प्रमुख उपसहायक विदेशमन्त्री एर्भिन मेसिंगाले नेपाललाई सांस्कृतिक सम्पदाको संरक्षणमा अमेरिकाको सधै साथ रहने बताए।

उपसहायक निर्देशक ड्युनह्यामले साँस्कृतिक सम्पदाको संरक्षणको महत्वप्रति नेपाल र अमेरिका दुवै देशले उच्च महत्व दिएको र यस्तो सहकार्यलाई निरन्तरता दिइने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.