कोरोना महामारीबाट बच्न कोरोनादेवीको मन्दिर बनाइयो

A notice in Nepali from Mechinagar Ward No. 10

एजेन्सी ।कोरोना महामारीबाट मुक्ति पाउनका लागि भारतमा कोरोनादेवीको मन्दिर बनाइएको छ । भारतको तमिलनाडु राज्यमा रहेको कोयम्बटुरमा कोरोनादेवीका दुईवटा मन्दिर बनाइएको छ । मन्दिरमा पुजारीहरूले दैनिक प्रार्थना गरिरहेका छन् । देशमा संक्रमण बढिरहेको बेलामा यस्तो प्रार्थना गरिएको हो ।

कामाचीपुरी अधिनाम मन्दिरमा भक्तजनलाई आउन दिइएको छैन तर पुजारीहरू देवी प्रतिमाको पूजाआजा गरिरहेका छन् । एउटा प्रतिमा चन्दनको काठबाट बनाइएको छ भने अर्को चाहिँ प्रस्तरबाट बनेको छ ।

पुजारीहरूले प्रतिमामा नैवेद्य र अन्य कुरा चढाउने गरेका छन् र बेसारपानी तथा दूध चढाइरहेका छन् । महामारी अन्त्य होस् भनी उनीहरूले प्रार्थना गरिरहेका छन् ।

‘हामीले बिफर, दादुरा र प्लेगका लागि पनि मन्दिर बनाएका थियौं,’ मन्दिर व्यवस्थापक आनन्दभारती केले बताए ।

‘हामी भाइरसलाई देवीको स्वरूपमा पूजा गरिरहेका छौं र यस रोगको असर घटोस् भनी प्रार्थना गरिरहेका छौं,’ उनले थपे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.