कुलमानको पुन : नियुक्तिको माग गर्दै अमेरिकामा विरोध प्रदर्शन

A notice in Nepali from Mechinagar Ward No. 10

न्यूयोर्क​ : नेपाल विद्युत प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक कुलमान घिसिङको पुन : नियुक्तिको माग गर्दै अमेरिकामा नेपालीले विरोध प्रदर्शन गरेका छन्। अमेरिकाको न्यूयोर्कस्थित ज्याक्शन हाइटमा जम्मा भएर गैरआवासीय नेपालीहरुले कुलमानले पुनः निरन्तरता पाउनुपर्ने माग राखेका हुन्।

प्ले कार्डसहित उपस्थित भएका नेपालीहरुले ‘हाम्रो होइन राम्रो मान्छेलाई पुर्ननियुक्ति दे’, ‘उज्यालो नेपालका अभियान्ताले निरन्तरता पाउनु पर्छ’, ‘कुलमान जिन्दावाद’, ‘जनताको चाहना कुलमानको निरन्तरता’ लगायतका नारासमेत लगाएका थिए।

आदिवासी जनजाति महासंघले आयोजना गरेको कार्यक्रममा उपस्थितहरुले नेपाललाई अन्धकारबाट उज्यालोमा लैजाने कुलमानले पुर्ननियुक्ति पाउनुपर्ने धारणा राखेका छन्।

यस्तै आफ्नो मातृभूमी नेपाल अब अन्धकारमुक्त हुन कुलमानले निरन्तरता पाउनै पर्ने उनीहरुको माग थियो। कार्यक्रममा स्थानीय संघ सस्थाका प्रतिनिधिहरुको समेत उलेख्य सहभागिता रहेको थियो।

महासंघका अध्यक्ष लोक चेम्जोङले ओली सरकारले जनताको चाहना बुझेर तुरुन्त पुर्ननियुक्ति दिनुपर्ने धारणा राखे। उनले राम्रो काम गर्ने कर्मचारीलाई निरन्तरता दिन संविधान र कानुनलेसमेत नछेक्ने बताए।

चार वर्षे कार्यकाल सकेर प्राधिकरणबाट भर्खरै अवकास पाएका घिसिङले निरन्तरता पाउनुपर्ने भन्दै यतिखेर सामाजिक संजाल र सडकहरुमा सरकारका विरुद्धमा नाराबाजी भइरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.