भारतीय संसद भवनमा धुवाँ आक्रमण गर्ने ५ व्यक्ती पक्राउ

A notice in Nepali from Mechinagar Ward No. 10

एजेन्सी।भारतको संसदीय कारबाही बुधबार अवरुद्ध भएको छ। दुई व्यक्तिले व्यवस्थापिकाभित्र धुवाँ निकालेर संसदीय कारबाहीलाई अवरोध पुर्‍याएपछि संसद् अवरुद्ध भएकाे हाे।

सुरक्षाकर्मीहरूले उक्त जोडीलाई पक्राउ गरेको थियो। साथै, अन्य तीन व्यक्तिलाई भवनबाहिर हिरासतमा लिइएको थियो। तीमध्ये एकजना ओभरहेड दर्शक दीर्घाबाट संसद्को तल्लो सदनको भुइँमा फाल हालेका थिए।

अधिवेशनको आधिकारिक फुटेजमा एउटा उपकरण बन्द गर्नुअघि एक व्यक्तिलाई नाराबाजी गर्दै र स्तब्ध सांसदहरूको बीचको टेबलमा चढ्दै गरेको देखाइएको थियो। उपकरण बन्द भएका कारण चेम्बरमा पहेँलो धुवाँ फैलिएको थियो।

उक्त जोडीको मनसाय र उनीहरू सुरक्षा जाँचबाट कसरी बच्न सफल भए भन्नेबारे भने स्पष्ट भएको छैन। नयाँदिल्ली प्रहरीले अझैसम्म उक्त घटनाबारे कुनै विवरण जारी गरेको छैन।
केही समयको स्थगनपछि संसद् पुनः सुरु भयो। सभामुख ओम बिरलाले संसद् अवरुद्ध गर्ने पाँचजनालाई पक्राउ गरिएको सांसदहरूलाई जानकारी गराए। चिन्ता लिनुपर्ने केही छैन भन्दै उनले धुवाँ मानव स्वास्थ्यका लागि हानिकारक नभएको सांसदहरूलाई आश्वासन दिए।

सांसद हनुमान बेनिवालले यसै वर्षको सुरुमा प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गरेको भारतको नयाँ संसद्को सुरक्षामाथि यसले ‘धेरै गम्भीर प्रश्न उठाएको बताए। घटनाको समयमा सदनमा करिब एक सय ५० सांसद थिए भन्दै उनले सांसदहरूले घटनाको गहन अनुसन्धानको माग गरेको बताए।

नयाँदिल्लीस्थित संसद्को अघिल्लो भवनमा भएको हमलाको २२औँ वार्षिक दिवसमा यस्तो अवरोध भएको हो। उक्त हमलामा पाँच बन्दुकधारीले कम्तीमा आठ सुरक्षाकर्मी र एक मालीलाई गोली हानी मारेका थिए। उक्त हमला पनि संसदीय अधिवेशनका वेला भएको थियो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.