१२ मंसिर २०८३ ☀️ १८°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

बडादसैँ मनाउन उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख नजिक

घटस्थापनादेखि हालसम्म सार्वजनिक यातायातमार्फत चार लाख ९६ हजारभन्दा बढी बाहिरिए, विभिन्न नाकामा यात्रुको चाप कायम

सेयर:

घटस्थापनादेखि हालसम्म सार्वजनिक यातायातमार्फत चार लाख ९६ हजारभन्दा बढी बाहिरिए, विभिन्न नाकामा यात्रुको चाप कायम

📌 मुख्य बुँदाहरू:

  • बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख नजिक पुगेको छ।
  • घटस्थापनादेखि असोज ३१ गतेसम्म सार्वजनिक यातायातबाट ४ लाख ९६ हजार ३२३ जना बाहिरिएका छन्।
  • उपत्यकाका प्रमुख नाकाहरू तथा गोँगबुस्थित नयाँबसपार्क, कलङ्की, कोटेश्वर र गौशाला क्षेत्रमा अझै पनि यात्रुको चाप रहेको छ।

बडादसैँ मनाउन आफ्नो गृह जिल्ला तथा विभिन्न गन्तव्यतर्फ प्रस्थान गर्नेहरूको सङ्ख्या तीव्र रूपमा बढेको छ। यसक्रममा काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख नजिक पुगेको सम्बन्धित निकायले जनाएको छ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि असोज ३१ गतेसम्म सार्वजनिक यातायातमार्फत जम्मा ४ लाख ९६ हजार ३२३ यात्रुले उपत्यका छाडेका छन्। गत असोज २५ गतेदेखि नै उपत्यकाबाट बाहिरिने यात्रुहरूको लगातार भिडभाड रहे पनि हिजोअस्तिको तुलनामा पछिल्लो दिनमा भने बाहिरिने यात्रीको सङ्ख्या केही घटेको छ।

प्रमुख नाका र बसपार्कहरूमा यात्रुको चाप

दसैँ मनाउन राजधानी छोड्ने सर्वसाधारणले विभिन्न मार्ग तथा नाकाहरूको प्रयोग गरेका छन्। उपत्यकाका फर्पिङ, नागढुङ्गा, थानकोट, भीमढुङ्गा, तीनपिप्ले, साँखु, भक्तपुरको जगाती र ललितपुरको भट्टेडाँडा नाका हुँदै सर्वसाधारण बाहिरिएका हुन्। यसैगरी, गोँगबुस्थित नयाँबसपार्क, माछापोखरी, कलङ्की, बल्खु, कोटेश्वर र गौशाला क्षेत्रमा पनि यात्राका लागि आउने यात्रुहरूको अझै पनि उल्लेख्य उपस्थिति रहेको ट्राफिक प्रहरीले जानकारी दिएको छ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।