१२ मंसिर २०८३ ☀️ २१°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)

सिलाई मेशिन वितरण

सेयर:

२० गते विर्तामोड : बिर्तामोड नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरुलाई आत्मनिर्भर बन्नका लागि सिलाई मेशिन वितरण गरेको छ ।
नगरपालिकाको कार्यालयमा आइतबार एक संक्षिप्त कार्यक्रमको आयोजना गर्दै १० जना शारीरिक अपाङ्गता भएकाहरुलाई सिलाई मेशिन वितरण गरिएको हो । उनीहरुलाई नगरप्रमुख पवित्रा महतारा प्रसाईले मेशिन हस्तान्तरण गर्नु भयो । सिलाई मेशिन प्राप्त गर्नेहरुमा सविता राजवंशी, दिपिका निरौला, सुष्मा अधिकारी, रञ्जु खतिवडा, यमुना गुरागाई, गायत्री उप्रेती, टुटुली राजवंशी, अंकिता अधिकारी, शोभा बुढाथोकी र गिता मगर रहेका छन् ।
नगरप्रमुख पवित्रा महतारा प्रसाईले नगरपालिकाले स्वरोजगार बनाउनका लागि सिलाई मेशिन प्रदान गरेको बताउनु भयो । उहाँले आगामी दिनमा आफ्नो सिपलाई प्रयोग गरि आत्मनिर्भर बन्न मेशिन प्राप्त गर्ने सबैलाई आग्रह गर्नु भयो ।

मेशिन वितरण कार्यक्रममा नगरप्रमुख प्रसाई, शिक्षा शाखा प्रमुख तिलचन भण्डारी, अधिकृत मेघराज बाँस्तोला लगायतको उपस्थिति रहेको थियो । अपाङ्गता भएका व्यक्तिहरुलाई नगरपालिकाले गत चैत्र २९ गते देखि १ महिनासम्म प्याड तथा पेन्टी निर्माणको तालिम प्रदान गरेको थियो ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।