१२ मंसिर २०८३ ☀️ १८°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

काठमाडौं नगरपालिकाद्वारा भद्रपुरलाई शववाहन सहयोग

सेयर:

२५ चैत्र, भद्रपुर : झापाको सदरमुकाम रहेको भद्रपुर नगरपालिकालाई काठमाडौं महानगरपालिकाले एसीसहितको शव वाहन सहयोग गरेको छ ।
आज काठमाडौंको राष्ट्रियसभागृहमा आयोजित एक संक्षिप्त कार्यक्रमका बीच भद्रपुर नगरपालिकालाई शववाहन हस्तान्तरण गरिएको हो ।
काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले भद्रपुर नगरपाmिकाका प्रमुख जीवनकुमार श्रेष्ठलाई शववाहनको चाबी हस्तान्तरण गर्नुका साथै सम्चmैतापत्र आदान–प्रदान गर्नुभएको थियो ।
मानवीय सेवाका लागि सेवाप्रदायक संस्था तथा पालिकाहरुलाई सहयोग गर्ने महानगरपालिकाको वार्षिक कार्ययोजना अनुसार झापा जिल्लाकै पहिलो र पुरानो नगरपालिकालाई शववाहन सहयोग गरिएको बताउँदै महानगरपालिकाका प्रमुख शाक्यले यो सहयोग मानवीय सेवामा उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो भने भद्रपुर नगरप्रमुख श्रेष्ठले अति आवश्यक सवारीसाधन सहयोग गरेकोमा महानगरपालिका र त्यसका लागि समन्वय गर्ने भद्रपुर काठमाडौं सरोकार समाजका सचिव झलेन्द्र भट्टराई, झापा मिलन केन्द्र भक्तपुरका सचिव झापा चन्द्रगढी निवासी राममणि न्यौपानेलगायतलाई धन्यवाद दिनुभयो ।
महानगरका कानून विभाग निर्देशक वसन्त आचार्यले सञ्चालन गरेको समारोहमा महानगरका शहरी योजना विभागका उपाध्यक्ष सरोज वस्नेतले महानगरको कार्ययोजना र शववाहनको उपयोग बारे प्रकाश पार्नुभएको थियो भने महानगरका भण्डार महाशाखाका अधिकृत सौरव गौतम, राष्ट्रिय अन्तर्राष्ट्रिय समन्वय महाशाखाका प्रमुख सुदर्शन भट्ट्राई, मेकानिकल इञ्जिनयर प्रमोद डंगोललगायतको उपस्थिति थियो ।
प्रसिद्ध भारतीय मोटर कम्पनी टाटाको ंउक्त शववाहनको नम्बर बागमती ०१–०२ झ ५९५५ रहेको छ । सो सवारीसाधनको बजारमूल्य करिब ३१ लाख रुपैयाँ रहेका बताइन्छ ।
शववाहन लिन नगरप्रमुख श्रेष्ठ शुक्रबार नै दिउँसो काठमाडौं जानुभएको थियो ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।