सामूहिक कुटपिटबाट बिहेमा गएका एक युवकको मृत्यु

A notice in Nepali from Mechinagar Ward No. 10

धनगढी,मङ्सिर १३।विवाहमा गएका कैलालीका एक युवकको सामुहिक कुटपिटबाट मृत्यु भएको छ।

जिल्लाको लम्की चुहा नगरपालिका वडा नम्बर ९ घेराघाटका एक युवकको सामुहिक कुटपिटबाट मङ्गलवार राति मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार घोडाघोडी नगरपालिका वडा नम्बर २ का २६ वर्षीय मोहन अधिकारीको मृत्यु भएको हो। घेराघाटका डिल्ली कोइराकालाको विवाहमा गएका अधिकारीमाथि विवाद हुँदा युवाहरुको समूहले कुटपिट गरेका थिए।

उनलाई उपचारका लागि लम्कीको लालरत्तन अस्पतालमा लगिएको थियो। अस्पतालले नेपालगञ्ज मेडिकल कलेज रेफर गरेको थियो। नेपालगञ्ज मेडिकल कलेजले पनि रेफर गरेपछि अधिकारीलाई टीकापुर ल्याइएको थियो। टीकापुर अस्पतालका चिकित्सकले उनको मृत्यु भएको घोषणा गरेका हुन्। अधिकारीमाथि लम्कीका युवाहरुले कुटपिट गरेका थिए। अहिलेसम्म सात जना युवालाई प्रहरीले पक्राउ गरेको छ। घटनामा सङ्लग्न रहेका अन्य युवाहरुको खोजी हुँदैछ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.