मेचीनगरका सहकारी पीडितले गुहारे सांसद् निशा डाँगीलाई, पीडित लिएर सभापति पुगे सहकारी रजिष्ट्रारलाई भेट्न

A notice in Nepali from Mechinagar Ward No. 10

२५ भदौं, मेचीनगर : झापाको मेचीनगर नगरपालिका वडा नम्बर —९ मा रहेको मागुरमाडी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका पीडित बचतकर्ताले न्यायका लागि प्रतिनिधि सभा सदस्य निशा डाँगीलाई गुहारेका छन् ।

वर्तमान अवस्थामा सहकारी संस्था बन्द रहेको र आफ्‌नो बचत रकम पटक पटक माग गर्दासम्म नपाएपछि उनीहरुले स्थानीय प्रशासन, स्थानीय सरकारलाई समेत गुहार्दा समस्याको समाधान नभएपछि झापा निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने आफ्‌नै क्षेत्रका सांसद डाँगीसँग समस्या समाधानका लागि पहल गरिदिन आग्रह गरेका थिए ।

सहकारी पीडितहरुले समस्या ग्रस्त सहकारी व्यवस्थापन समिति काठमाडौंमा समेत घटनाको ध्यानाकर्षण गराएको सहकारी पीडित गोपी तिवारीले बताए ।

पीडित बचतकर्ताहरुका अनुसार उक्त संस्थाको लापरवाही र हेलच्याक्रयाईका कारण बचतकर्ता को लाखौँ रकम जोखिममा परेको छ । सहकारीले बचतकर्ताले जम्मा गरेको रकम फिर्ता गर्न सकेको छैन, भने उल्टै सहकारी संस्था बन्द गरी सञ्चालक आफ्नै पारामा हिँडिरहेका कारण बचतकर्ताहरु न्यायका लागि सवैपक्षको ढोका ढकढक्याई रहेका छन् ।

प्रतिनिधि सभा सदस्य डाँगीसँग कुरा पुगे पछि स्थानीय पार्टी नेतालाई घटनाको विषयमा सत्यतथ्य बुझ्‌न उनले भनेकी थिईन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मेचीनगर वडा नम्बर— ९ का वडा सभापति ऋषिराम खनालको नेतृत्वमा पीडितहरु आज मेचीनगर नगरपालिकामा पुगेर स्थानीय सरकारका सहकारी रजिष्ट्रार समेत रहेका प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।

नगप्रमुख गोपालचन्द्र बुढाथोकीको कार्यकक्षमा मागुरमाडी बचत तथा ऋण सहकारी संस्था लि का पीडित बचतकर्ता गीता तामाङले सहकारी पीडितहरुको प्रतिनिधित्व गर्दै ध्यानाकर्षण पत्र बुझाएकी हुन् । ‘एक महिनाअघि प्रतिनिधि सभा सदस्य निशा डाँगीसमक्ष सहकारी पीडितहरुले आफ्‌नो समस्या राख्नुभएको रहेछ’, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मेचीनगर वडा नम्बर— ९ का वडा वडा सभापति खनालले भने, ‘प्रतिनिधि सभा सदस्य डाँगीले आफुलाई समस्या बुझेर समाधानका लागि पहल गरिदिन भनेपछि पीडितसहित हामी मेचीनगर नगरपालिका आएका हौ । ’ स्थानीय सरकारका सहकारी रजिष्ट्रार समेत रहेका प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठलाई ध्यानाकर्षण पत्र बुझाएको, त्यस पत्रप्रति उनी सकरात्मक रहेको, सातदिनभित्र सम्बन्धित पक्षलाई बोलाएर वास्तविकता बुझेर थप प्रक्रिया अघि बढाउने श्रेष्ठले पीडित बचतकर्ताहरुलाई आश्वसन दिएको खनालले बताए ।

विगत चार पाचवर्षसम्म सहकारी पीडितहरुले विभिन्न निकायमा पुगेर आफ्‌नो समस्या र रकम फिर्ताका लागि प्रक्रिया अघि बढाउन आग्रह गरेपनि कहि कतै सुनुवाई नभएपछि बचत रकम डुब्ने अवस्था देखेर आज सहकारी पीडितहरु नगरपालिका पुगेर मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिृतलाई ध्यानाकर्षण पत्र बुझाएको अर्का सहकारी पीडित गोपी तिवारीले बताए । प्रमुख प्रशासकीय अधिकृतबाट सकरात्मक सुझाँव पाएको पीडित तिवारीले बताए ।

सहकारी पीडितहरुको पत्र ग्रहण गरेपछि यस विषयमा आफु गम्भीररुपमा आजैबाट लाग्ने, सम्बन्धित पक्षलाई नगरपालिकामा झिकाएर छलफल गर्ने, छलफलपछि समस्याको समाधान यहिबाट ननिस्किने भए वा थप कारवाहीमा जानुपर्ने भए प्रदेश, संघीय सरकारको सहकारी रजिष्ट्रारको कार्यालयमा कारवाहीका लागि सिफारीश गर्ने स्थानीय सरकारका सहकारी रजिष्ट्रार श्रेष्ठले बताए । यसका लागि सहकारी पीडितहरुलाई सात दिनसम्म पर्खिन भनिएको उनले बताए । यस विषयमा उनले नगरपालिकामा सहकारी संस्था हेर्ने जिम्मेवारी पाएका अधिकारी आर्थिक विकाश शाखा प्रमुख दीपेन्द्र कार्कीसँग समेत जानकारी लिएका थिए । कार्कीका अनुसार नगर स्तरीय सहकारी समन्वय समितिले यस विषयमा शुरुमा सम्बन्धित पक्षसँग छलफल गरेको बताए ।

हव डिजिटल मिडिया प्रालिमा प्राप्त पत्रमा ५० जना सहकारी पीडित बचतकर्ताहरुको नाम उल्लेख छ । न्यूनतम एक हजारदेखि २ लाख ३२ हजार रुपैयाँसम्म बचतकर्ताहरुले फिर्ता पाउनुपर्ने उक्त पत्रमा उल्लेख छ ।

संस्थामा जम्मा गरेको रकम फिर्ता पाउने वातावरण सिर्जना गरिदिन सम्बन्धित संस्था, जिल्ला प्रशासन कार्यालय झापा,मेचीनगर नगरपालिका, इलाका प्रहरी कार्यालय धुलावारी र मेचीनगर नगरपालिका — ९ नम्बर वडा कार्यालयमा अनुरोध गर्दा समेत प्रभावकारी कदम नचालेका कारण बचतकर्ता थप पीडित बनेको मागुरमाडी बचत तथा ऋण सहकारी संस्था लि का सहकारी पीडित बचतकर्ताको नेतृत्वकर्ता गीता तामाङले बताईन् । आफ्‌नो कुरा कतै सुनुवाई नहुने संस्थाले रकम नदिने भएपछि बचतकर्ता आफूहरुले जम्मा गरेको पासबुक बोकेर चारैतर्फ भौतारिहरनु परेको उनको भनाई छ ।

विगत चारवर्षदेखि बचतकर्ताले आफ्‌नो बचत रकम प्राप्त गर्न नसक्दा आर्थिक तथा मानशिकरुपमा गम्भीर समस्या परेको स्थानीय सरकारका सरहकारी रजिष्ट्रार एवम् प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठलाई बुझाएको पत्रमा उल्लेख छ ।

संस्थाको सम्पूर्ण आर्थिक कारोवार तथा सम्पतिको आवश्यक छानविन गरी बचतकर्ताको रकम सुरक्षित गर्ने, बचतकर्ताहरुको वास्तविक दाबी यकिन गर्ने र कानून बमोजिम बचतकर्ताको बचत रकम यथाशीघ्र फिर्ता गराउने प्रक्रिया अघि बढाउँन समेत पत्रमा माग गरिएको छ । सहकारी संस्थाको रकम हिनामिना, दुरुपयोग वा अनियमितता भएको देखिएमा सम्बन्धित सञ्चालक तथा जिम्मेवार व्यक्तिहरुमाथि प्रचलित कानून बमोजिम आवश्यक कारवाही प्रक्रिया अघि बढाएर पीडित बचतकर्ताहरुलाई न्याय दिलाउन समेत अनुरोध गरिएको छ ।

बचतकर्ताले जम्मा गरेको रकम फिर्ता पाउँ भनी सम्बन्धित निकायको ढोकासम्म पुग्दा बचतकर्ताले अहिलेसम्म न्याय पाउन नसक्दा पारिवारीक झै झगडाको स्थिति शुरु भएको उनीहरुको गुनासो छ । मागुरमाडीको झण्डी चोकमा कार्यालय रहेको उक्त सहकारी संस्था हाल बन्द रहेको सहकारी पीडितहरुको भनाई छ । सहकारी पीडित गोपी तिवारी आफ्‌नो बचत रकम फिर्ता पाउँ भन्दै आफुसहति थुप्रै पीडितहरु जिल्ला प्रशासन कार्यालय झापासम्म पुगेको बताउँछन् ।

जिल्ला प्रशासन कार्यालय झापाले यो मुद्धा नगरपालिकाले हेर्ने हो भन्दै फिर्ता पठाएको दुःखेसो व्यक्त गर्दछन् । उनीहरु न्याय खोज्दैं इलाका प्रहरी कार्यालय धुलाबारीमा पनि पुगे । प्रहरीले छलफलका लागि सञ्चालक समितिलाई डाक्यो ।

छलफलमा सञ्चालक समितिले तपाईंहरुको पैसा फिर्ता गरिदिने भनेर आश्वासन दियो । तर, आश्वासन मात्रै पाए । त्यसपछि पटक–पटक वडा नं ९ को कार्यालयमा छलफल बस्यो । छलफलमा पैसा फिर्ता गरिदिने भन्दै सञ्चालक समितिले वचन दियो, तर पैसा फिर्ता नगरेको गुनासो सहकारी पीडितहरुको छ ।

मिति २०८० साल भदौं ३१ गते छलफलमा सहभागी हुन भन्दैं मेचीनगर नगरपालिका वडा नम्बर ९ को वडा कार्यालयले पीडितहरुलाई पत्र काटेको थियो । पत्रमा २०८० साल असोज ४ गते छलफल गर्ने भनिएको थियो । तर, त्यसले पनि ठोस निर्णय नगरेको तिवारीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.