मेचीनगरमा रूपान्तरण जीवन उपयोगी सीप सम्बन्धी तालिम समापन

A notice in Nepali from Mechinagar Ward No. 10

२५ भदौं, मेचीनगर : झापाको मेचीनगर–०६ काँकरभिट्टास्थित होटल दरवारमा आयोजित सामाजिक र वित्तीय सीप रूपान्तरण सम्बन्धि ११ दिने प्रशिक्षक प्रशिक्षण (टिओटी) तालिम आज समापन भएको छ ।

१५ भदौबाट उक्त तालिम शुरु भएको थियो ।

नेपाल सरकारको महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको कार्यान्वयन तथा विश्व बैंकको आर्थिक सहयोगमा सञ्चालित लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि एकीकृत पहुँच परियोजनाको आर्थिक वर्ष २०८३/०८४ को स्वीकृत वार्षिक बजेट अन्तर्गत गत वर्ष झै यस वर्षपनि दोस्रो चरणको कार्यक्रम सञ्चालन भएको थियो ।

झापाको मेचीनगर नगरपालिकाको महिला बालबालिका तथा लैङ्गिक यौनिक अल्पसंख्यक र सामाजिक शाखाले किशोर किशोरीहरुलाई सामाजिक र वित्तिय सीप हस्तान्तरणगर्न प्रशिक्षक तयार गर्ने उद्धेश्यले तालिम सञ्चालन गरेको शाखा प्रमुख जयन्ती खरेलले बताईन् । उनका अनुसार नगरपालिका क्षेत्रका विद्यालयहरुका किशोर तथा किशोरीहरुलाई लक्षित गरी सामाजिक तथा वित्तिय सीप सम्बन्धी कक्षा सञ्चालन गरिएको थियो ।

तालिममा एकजना व्यक्तिका लागि आवश्यक जीवन उपयोगी सीपलाई प्राथमिकता रखिएको थियो । तालिममा आफुले आफू चिन्नेदेखि आफ्‌नो बारेमा राम्रो कुरा के छ ? सुधार गर्नुपर्ने कुरा के छ ? समाजमा कस्ता कस्ता अवसर छन ? चूनौती के कस्ता हुन्छन ? भन्ने कुरादेखि समुदायमा आफ्‌नो आवश्यकता के छ ?लगायतका विषयमा तालिम प्रदान गरिएको तालिमको मुख्य सहजकर्ता यौन तथा प्रजनन स्वास्थ्य तथा रूपान्तरण प्याकेजिङ्गका प्रशिक्षक रूपा जोशीले बताईन् ।

जोशी सन् २०१४ देखि नै रूपान्तरण प्याकेजिङ प्रशिक्षक प्रशिक्षण तालिम प्रदान गर्दै आएकिछन् ।

तालिममा सहभागीहरुलाई प्रजनन स्वास्थ्य, यौन हिंसा, बालविवाह, बालश्रम लगायतका संवेदनशील विषयमा क्षमता विकास गर्नुका साथै उनीहरूलाई समुदायमा जनचेतना फैलाउने सक्षम अभियन्ताको रूपमा विकास गर्ने विषयवस्तुमा केन्द्रीत रहेर प्रशिक्षण प्रदान गरिएको जोशीले बताईन् ।

उनका अनुसार यस प्रकारको जीवन उपयोगी सीपले बालबालिकालाई जोखिमबाट जोगाउने मात्र होइन, दीर्घकालीन रूपमा समाज रूपान्तरणमा समेत योगदान पुु्‌‍याउँछ ।

तालिममा झापा मेचीनगर नगरपालिका क्षेत्रभित्रका तीनवटा सामुदायिक क्याम्पस धुलाबारी बहुमुखी क्याम्पस धुलावारी, काँकरभिट्टा बहुमुखी क्याम्पस काँकरभिट्टा र त्रिदेव बहुमुखी क्याम्पस चारआलीसहित नगरभित्रका माविमा अध्ययनरत कक्षा ११ र १२ अनि स्नातक तहका २६ जना विद्यार्थीहरूलाई सहभागी रहेको आयोजक शाखा प्रमुख जयन्ती खरेलले बताईन् ।

तालिम समापनका अवसरमा प्रमुख अतिथि मेचीनगर नगरपालिका नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, विशिष्ट अतिथि उपप्रमुख मीना पोख्रेल उप्रेती, शाखा प्रमुख खरेल,लैङ्गकि हिंसा प्रतिकार्य विज्ञ (जीबीभी स्पेस्लिष्ट) कमला उप्रेतीलगायतले तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई सहभागिताको प्रमाण पत्र र झोला वितरण गरेका थिए ।

समापन समारोहमा बोल्दैं नगरप्रमुख बुढाथोकीले रूपान्तरण तालिमले बालबालिकालाई आत्मविश्वासी, जिम्मेवार र सचेत नागरिक बन्न मद्दत पुर्‍याउने विश्वास व्यक्त गरे ।

यस्ता कार्यक्रमहरू दीगो रूपमा सञ्चालन हुनुपर्नेमा उनको जोड थियो । यस्ता तालिमले सहजकर्ताहरुको क्षमता अभिवृद्धि गराउने भएकाले आगामी दिनमा पनि यस्ता कार्यक्रमहरूलाई पालिकाबाट आवश्यक सहयोग र समन्वय रहने समेत उनले प्रतिबद्धता व्यक्त गरे । नगरप्रमुख बुढाथोकीले रूपान्तरण कार्यक्रमले व्यवहार परिवर्तनमा केन्द्रित भई बालबालिकाको जीवनशैली, सोच र निर्णय क्षमतामा सकारात्मक परिवर्तन ल्याउने लक्ष्य राखेको बताए ।

समापन समारोहका विशिष्ट अतिथि नगर उपप्रमुख उप्रेतीले गाउँ समुदायमा रुपान्तरण सेसन मार्फत समाज रुपान्तरणको महान अभियानमा सहभागीहरुले योगदान गर्ने कुरा बताईन । यस्ता तालिमहरूले बालबालिकामा नेतृत्व क्षमता विकास हुनुका साथै सामाजिक कुरीतिविरुद्ध आवाज उठाउन प्रेरित गर्ने उल्लेख गरीन् ।

तालिमका सहभागी ऋदम दुलालले आफ्नो अनुभव सुनाउँदै यस तालिमले हामीलाई आफ्ना अधिकारबारे बुझ्ने मात्र होइन, गलत अभ्यासहरू विरुद्ध आवाज उठाउने साहस मिलेको पनि बताए । अब हामी आफ्नो समुदायमा गएर सिकेका कुराहरू अरूलाई पनि सिकाउने उनले प्रतिवद्धता व्यक्त गरे । अर्की सहभागी शिक्षा लिम्बुले भविष्यमा समुदायस्तरमा सचेतना अभियान सञ्चालन गर्न यस तालिमबाट थप मद्धत पुगेको बताईन् । समापन समारोहको सञ्चालन प्रशिक्षार्थी रक्षा घिमिरेले गरेकी थिईन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.