फरार दुई प्रतिवादी तेतरीदेवी र जनकराम पक्राउ

A notice in Nepali from Mechinagar Ward No. 10

इटहरी ।मोरङ र उदयपुर जिल्लाको छुट्टाछुट्टै स्थानबाट विभिन्न मुद्धाका दुईजना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध मुद्धामा मोरङ जिल्ला अदालतको मिति २०७४।१०।२८ गतेको फैसलाले ४ महिना १५ दिन कैद र नगद २ हजार रुपैयाँ जरिवाना रही फरार रहेका सुन्दरहरैँचा ११ का ३३ वर्षीय जनकराम कामी विश्वकर्मालाई खोजतलास गर्ने क्रममा गाउँघरमा नै लुकिछिपी बसेको अवस्थामा इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

त्यस्तै, प्रहरी चौकी जोगिदहबाट खटिएको प्रहरी टोलीले झै–झगडा मुद्धामा जिल्ला अदालत उदयपुरको मिति २०७२।०७।०३ गतेको फैसलाले नगद तीन हजार रुपैयाँ जरिवाना तोकिएका त्रियुगा १ की तेतरीदेवी चौधरीलाई पक्राउ गरेको हो ।

पक्राउ परेका दुवैजनालाई तोकिएको कैद तथा जरिवाना भुक्तानको लागि सम्बन्धित जिल्ला अदालतमा बुझाएको सम्बन्धित प्रहरी कार्यालयहरूले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.