बराह सहकारी ठगी प्रकरण: अर्बौं रुपैयाँ हिनामिनाका फरार संस्थापक अध्यक्ष विश्वकर्मा पक्राउ

सुनसरीको धरानस्थित बराह बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा फरार रहेका संस्थापक अध्यक्ष शिवकुमार विश्वकर्मा नेपाल-भारत सीमा क्षेत्रबाट पक्राउ परेका छन् भने अन्य एक कर्मचारी पनि नियन्त्रणमा आएकी छन्।

A notice in Nepali from Mechinagar Ward No. 10
सुनसरीको धरानमा रहेको बराह सहकारी ठगी प्रकरण

📌 मुख्य बुँदाहरू:

  • बराह बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष ४५ वर्षीय शिवकुमार विश्वकर्मा नेपाल-भारत सीमावर्ती क्षेत्रबाट पक्राउ परेका छन्।
  • सहकारी ठगी प्रकरणमा संलग्न रहेको आरोपमा ३३ वर्षीया कर्मचारी अस्मिता भण्डारी पनि प्रहरीको नियन्त्रणमा आएकी छन्।
  • यो प्रकरणमा १७ हजार १० जना पीडितमध्ये ४ हजार २४३ जनाको जाहेरीका आधारमा १० अर्ब ७३ करोड रुपैयाँभन्दा बढीको बिगो दाबी गरिएको छ।

सुनसरीको धरानमा मुख्य कार्यालय रहेको बराह बचत तथा ऋण सहकारी संस्थाको अर्बाैँ रुपैयाँ हिनामिना गरेर फरार रहेका संस्थापक अध्यक्ष शिवकुमार विश्वकर्मा (लामिछाने) पक्राउ परेका छन्। कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको संयुक्त विशेष टोलीले उनलाई नेपाल–भारत सीमावर्ती क्षेत्रबाट पक्राउ गरेको हो।

प्रहरीका अनुसार ४५ वर्षीय विश्वकर्माविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भइरहेको छ। सोही प्रकरणमा संलग्न रहेको आरोपमा बराह ग्रुपको प्रदेश सचिवालय सदस्य तथा सहकारीकी कर्मचारी धरान उपमहानगरपालिका–१५ की ३३ वर्षीया अस्मिता भण्डारीलाई पनि प्रहरीले पक्राउ गरेको छ।

अर्बौंको बिगो दाबी र विदेशसम्म लगानी

प्रहरी अनुसन्धानबाट बराह सहकारीको रकम अपचलन गरी नेपालमा ३० र विदेशमा ४ वटा कम्पनी स्थापना गरिएको खुलेको छ। यस प्रकरणमा १७ हजार १० जना पीडितमध्ये ४ हजार २४३ जनाको जाहेरीका आधारमा १० अर्ब ७३ करोड ४३ लाख रुपैयाँभन्दा बढीको कुल बिगो दाबीसहित मुद्दा अघि बढाइएको छ।

अभियोगपत्रअनुसार कुल बिगोमध्ये आधाभन्दा बढी अर्थात् ५ अर्ब ८८ करोड ४० लाख रुपैयाँभन्दा धेरै रकम संस्थापक अध्यक्ष विश्वकर्माबाटै हिनामिना भएको उल्लेख छ। पीडित बचतकर्तालाई न्याय दिलाउन र अन्य फरार दोषीहरूको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

Mechinagar Ad 2 (Sidebar)
Mechinagar Ads 1
Mero Viber

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.