सयभन्दा बढी मोटरसाइकल चोरी गर्ने दुई नाइके पक्राऊ

A notice in Nepali from Mechinagar Ward No. 10

इटहरी ।सुनसरी र मोरङबाट एक सयभन्दा बढी मोटरसाइकल चोरीको घटनामा संलग्न दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरेर भारत पुर्याएर बिक्री गर्ने गिरोहका मुख्य नाइकेसहित दुई जनालाई पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ ।

गिरोहको नेतृत्वकर्ता सुनसरीको हरिनगरा गाउँपालिका ६ का ४० वर्षीय नजाम अन्सारी र भोक्राहा–नरसिंह गाउँपालिका २ का २३ वर्षीय निकाइल अन्सारीलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए ।

उनका अनुसार गिरोहले मोरङ र सुनसरीका विभिन्न स्थानबाट सयभन्दा बढी मोटरसाइकल चोरी गरेर भारतमा पु¥याई बिक्री गरिरहेको पत्ता लागेको छ ।

दुवै जना गत मंसिर २९ गते विराटनगरबाट पक्राउ परेका हुन् । तीमध्ये नजामको साथबाट १.३ ग्राम लागूऔषध ब्राउन सुगर बरामद भएको थियो । दुवै जनाले विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरेको देखिने सीसी क्यामेरा फुटेजसमेत प्राप्त भएको डीएसपी दाहालको भनाइ छ ।

विराटनगर महानगरपालिका–२ बन्जरा चोकबाट गत भदौ १० गते को २६ प ७७७६, विराटनगर–४ नोबेल अस्पताल परिसरबाट असोज १५ गते को ४३ प ४८०४, विराटनगर–७ सेन्ट्रल मलको अण्डर ग्राउण्ड पार्किङबाट मंसिर ६ गते को १० प ९५६६ र विराटनगर–९ गुद्री बजारबाट मंसिर ८ गते को २८ प ७८१५ नम्बरको मोटरसाइकल चोरी भएको थियो ।

त्यस्तै, विराटनगर–७ कोशी अस्पताल परिसरबाट मंसिर ९ गते को २५ प १८११, नोबेल अस्पतालको पार्किङबाट मंसिर २२ गते को २९ प ५५४ तथा विराटनगर–६ भाटभटेनी सुपरपार्केको पार्किङस्थलबाट मंसिर २७ गते को २१ प ५८९४ नम्बरको मोटरसाइकल चोरी भयो ।

दाहालका अनुसार पीडितबाट जाहेरी लिएर अनुसन्धान सुरु गर्दा संगठित गिरोहले मोरङ र सुनसरीमा मोटरसाइकल चोरी गर्ने धन्दा चलाइरहेको पत्ता लागेको छ ।

चोरी गरिएको मोटरसाइकल जोगवनी, फारवेसगन्ज र फुल्काहालगायतका भारतीय बजारमा पुर्याएर बिक्री गर्ने गरेको उनले बताए । मोटरसाइकल चोरीमा संलग्न दुवै जनाविरुद्धको अनुसन्धान सकेर प्रहरीले सोमबार सरकारी वकिल कार्यालय मोरङमा मिसिल बुझाएको छ ।

नजाम र निकाइलविरुद्ध चोरीको कसुरमा ७ वटा तथा नजामविरुद्ध भने लागूऔषध ऐनअन्तर्गतको समेत मुद्दा चलाउनुपर्ने रायसहितको मिसिल प्रहरीले सरकारी वकिल कार्यालयमा बुझाएको हो ।

अनुसन्धानबाट प्राप्त प्रमाण र तथ्यसहितको मिसिलका आधारमा सरकारी वकिल कार्यालयले अभियोगपत्र तयार पार्दै अभियुक्तविरुद्ध अदालतमा मुद्दा दायर गर्नेछ ।

दुवै जनाविरुद्ध मुद्दा दर्ता गर्ने तयारी रहेको वकिल कार्यालयले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.