३ भदौं, मेचीनगर : झापाको दमकमा आज विहान भएको सवारी दुर्घटनमा परेर एजनाको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार
विहान करीव आठ बजेतिर झापा दमक नगरपालिका —७ पशुडाँडा स्थित पुर्व पश्चिम लोकमार्गमा दमकबाट पाडाजुगीतर्फ जाँदै गरेको प्र १–०२–००२ ख ०९१२ न. को मालवाहक ‐बन्दाकोपी बोकेको) ट्रकले विपरीत दिशाबाट आउँदै गरेको प ्र१–०१–०१२ प ९३१२ नम्बरको मोटरसाइकललाई ठक्कर दिदाँ दुर्घटना भएको थियो ।
घटनामा मोटरसाइकलमा पछाडी सवार झापा कमल गाउँपालिका ५ बस्ने ४२ वर्षी मुना गौतमको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । । उनको शव दमक अस्पताल दमकको शवगृहमा राखिएको छ । मोटरसाईकल चालक ४५ वर्षीय सुकदेव गौतम घाइते भएका छन् । उनको बाँया खुट्टामा सामान्य चोट लागि उपचारको लागि दमक अस्पताल दमक लगिएको छ । अबस्था बोल्न सक्ने सामान्य रहेको प्रहरीले बताएको छ । मृतक मुनाका श्रीमान हुन् सुकदेव गौतम ।
ट्रक चालक तेह्रथुम जिल्ला लालीगुँरास नगरपालिका ४ बस्ने २५ वर्षीय आङदावा शेर्पा, ट्रक र मोटरसाइकल इलाका प्रहरी कार्यालय दमकको नियन्त्रणमा रहेको छ ।


























