रोशनराज १६ जेठ, मेचीनगर : मेचीनगर लेडी जेसीजको जेसीज सप्ताह अन्तर्गत शनिबार झापाको मेचीनगर— १० धुलावारीमा ट्राफिक नियमको पालनाको सचेतनामुलक अभिमुखीकरण तथा स्टीकर टास्ने कार्यक्रम सम्पन्न भएको छ । जिल्लामा हुने सवारी दुर्घटनाका मानवीय तथा धनको क्षति हुने गरेको र त्यसको न्यूनीकरण गर्नका लागि चालकलाई अभिमुखीकरण तथा स्टीकर टास्ने कार्यक्रम गरीएको अध्यक्ष रीता श्रेष्ठ प्रधानले जानकारी दिईन् ।
कार्यक्रमका प्रमुख अतिथि मेचीनगर नगरपालिका वडा नम्बर -१० का निवर्तमान वडाध्यक्ष सुदयकुमार (सुवेश) पनेरुले व्यानर वाचन गरेको कार्यक्रमको उद्घाटन गरेका थिए ।
सवारी चढ्दा, ओर्लिदा अरुलाई नधकेलौ, सवारी साधन चढ्दा कुनै पनि मानवीय अंग बारिह ननिकालौ, चालकलाई तीबै गतिमा सवारी चलाउन प्रोत्साहन नगरौ, सवारी साधनमा बसी असभ्य व्यवहार नदेखाऔँ, भरिएका सवारी सानधमा नचढौं, छतमा बसेर यात्रा नगरौ, चालकलाई सुरक्षित तरीकाले सवारी साधन चलाउन प्रेरणा प्रदान गरौ, मादाक तथा लागु पदार्थ सेवन गरेका सवारी चालकलाई सवारी साधन चलाउन नदिऔं जस्ता जनचेतनामुलक सन्देशसहित नेपाली प्रहरीका अकस्मिक नम्बर राखेका स्टिकर सार्वजनिक सवारी साधनमा टासिएको थियो ।
अस्थायी ट्राफिक प्रहरी पोस्ट काँकरभिट्टाका प्रमुख वरिष्ठ प्रहरी नायव निरीक्षक नारायण राई मेचीनगर लेडी जेसीज अध्यक्ष रीता प्रधानले संयुक्तपमा स्टिकर टासेका थिए । सोहि कार्यक्रममा बोल्दैं प्रमुख अतिथि पनेरुले दुर्घटनाको पीडा अरु कसैलाई नभई स्वय्म आफैलाई हुने भएकाले यसतर्फ सवारी चालकहरु गम्भीर बन्न आग्रह गरे । उनले सवारी चालकहरुको चालक अनुमती पत्र विविध कारण रोकिएकाले त्यसमा समन्वयकारी भूमिका निर्वाहका लागि प्रहरीलाई अनुरोध समेत गरेका थिए । अस्थायी ट्राफिक प्रहरी पोस्ट काँकरभिट्टाका प्रमुख वरिष्ठ प्रहरी नायव निरीक्षक नारायण राईले ट्राफिक प्रहरीको उद्धेश्य सवारी साधन चालकलाई कारबाही गर्ने नभएको बताए ।
‘हाम्रो उद्धेश्य कारबाही गर्ने होइन । सवारी चालकलाई जिम्मेवारी बनाउनको लागि कारबाही गरिरहेका छौं । जिम्मेवारी सवारी चालक र सञ्चालकहरुले पनि लिन आवश्यक छ ।’ उनले थपे ।
उनले ट्राफिक प्रहरीले सवारी चालकहरुलाई जिम्मेवार बनाउनको लागि मात्रै कारबाही गर्नुपरेको धारणा राखे । अहिले ट्राफिक प्रहरीको कारबाही प्राथमिकतामा नभएको उल्लेख गदैं ट्राफिक सचेतना तथा सडक सुरक्षा शिक्षालाई प्राथमिकतामा राखेर काम गरिरहेको प्रहरी वरिष्ठ नायव निरीक्षक राईले बताए । ट्राफिक सचेतना तथा सडक सुरक्षा शिक्षालाई प्राथमिकतामा राखेर काम गरिरहेको उनको भनाई थियो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयलगायत अनय मतहतले सवारी दुर्घटना न्यूनीकरण गर्नका लागि बेला बखत चालकलाई अभिमुखीकरण गराएको सहभागी चालकहरुलाई स्मरण गराए । मदिरा सेवन गरी सवारीसाधन नचलाउन, क्षमताभन्दा बढी यात्रु नबोक्न र तीव्र गतिमा सवारी नचलाउन आग्रह गदैं यसरी चलाएर दुर्घटना बढ्ने भएकाले न्यूनीकरणका लागि अभिमुखीकरण गराइएको उनको भनाई थियो । राजमार्गलगायतका क्षेत्रमा हुने सवारी दुर्घटना न्यूनीकरण गर्नका लागि समयमै चालकलाई अनुशिक्षण गराइएको उनको भनाई छ । मेचीनगर लेडी जेसीज अध्यक्ष रीता श्रेष्ठ प्रधानको सभापतित्वमा भएको उद्घाटन समारोहमा कोषाध्यक्ष खिना निरौलाले आस्थावाचन र सन् २०२६ का उपाध्यक्ष सिर्जना घिमिरेले उद्घाटन सत्रको सञ्चालन गरेकी थिईन् । कार्यक्रममा अधिवक्ता अजयकुमार घिमिरे, नेपाल पत्रकार महासंघ झापाका कोषाध्यक्ष मुक्तिनाथ पौडेल पत्रकार ज्ञानेन्द्र निरौलालगायतले बोलेका थिए ।