डोल्पा कारागारबाट १५ फिट लामो सुरुङ खनेर आठ कैदीबन्दी फरार, व्यापक खोजी सुरु

सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट शुक्रबार राति सेप्टी ट्याङ्कीको सहायता लिई सुरुङ खनेर फरार भएकामध्ये पाँच जना जबरजस्ती करणी र तीन जना चोरी मुद्दाका रहेका छन्।

A notice in Nepali from Mechinagar Ward No. 10
डोल्पाको दुनैस्थित जिल्ला कारागार जहाँबाट कैदीबन्दी फरार भएका छन्

📌 Key Takeaways:

  • डोल्पाको दुनैस्थित जिल्ला कारागारबाट १५ फिट (करिब साढे ४ मिटरभन्दा बढी) लामो सुरुङ खनेर शुक्रबार राति आठ जना कैदीबन्दी फरार भएका छन्।
  • फरार हुनेहरूमा पाँच जना जबरजस्ती करणी मुद्दाका र तीन जना चोरी मुद्दाका कैदीबन्दी तथा थुनुवा रहेका छन्।
  • शनिबार बिहान ६ बजे गणना गर्ने क्रममा कैदीबन्दी अनुपस्थित भेटिएपछि घटना सार्वजनिक भएको थियो भने सुरक्षा निकायले उनीहरूको खोजी तीव्र पारेको छ।

हिमाली जिल्ला डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट १५ फिट लामो सुरुङ खनेर शुक्रबार राति आठ जना कैदीबन्दी फरार भएका छन्। सुत्ने कोठाको सिरानीपट्टिबाट सुरुङ खनी पुरानो सेप्टी ट्याङ्कीको सहायता लिई बाहिर खेलमैदानतर्फ निस्केर भागेको खुल्न आएको छ।

जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार कारागारमा कुल १७ जना कैदीबन्दी तथा थुनुवा रहेकामा शुक्रबार मध्यराति आठ जना फरार भएका हुन्। शुक्रबार राति पानी परेका कारण ड्युटीमा रहेका सुरक्षाकर्मीले सुरुङ खनेको सुटर वा हलचल थाहा पाउन नसकेको बताइएको छ। शनिबार बिहान करिब ६ बजे कैदीबन्दीको गणना गर्ने क्रममा उनीहरू नभएको भेटिएपछि मात्र कारागार प्रशासन र सुरक्षा अधिकारीहरूले घटनाको बारेमा जानकारी पाएका थिए।

Npl s3 content block
Npl s3 content block

घटनालगत्तै प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकाल र प्रहरी नायब उपरीक्षक (डिएसपी) अनिलराज गिरीसहितको सुरक्षा टोलीले कारागार पुगेर घटनास्थलको स्थलगत निरीक्षण गरेको छ। सुरक्षा अधिकारीहरूले धेरै अगाडिदेखि योजना बनाएर सुरुङ खनिएको हुन सक्ने आशंका गरेका छन्।

फरार कैदीबन्दीको विवरण

प्रहरीले सार्वजनिक गरेको विवरण अनुसार फरार हुनेहरूमा पाँच जना जबरजस्ती करणी मुद्दामा कैद सजाय भुक्तान गरिरहेका व्यक्ति छन् भने तीन जना चोरी मुद्दाका रहेका छन्।

Npl s3 content block
Npl s3 content block

जबरजस्ती करणी मुद्दामा कैद सजाय काटिरहेकाहरूमा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१० का राम विक, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–७ का कालिप्रसाद रोकाया, त्रिपुरासुन्दरी नगरपालिका–४ का धनबहादुर बुढा भन्ने हरिबहादुर बुढा, सल्यानको कुमाख गाउँपालिका–५ का रेशम राना र जाजरकोटको बारेकोट गाउँपालिका–१ का यज्ञ विक रहेका छन्।

त्यस्तै, चोरी मुद्दामा कैद सजाय भोगिरहेका जाजरकोटको नलगाड नगरपालिका–९ का कैलाश भन्ने कपिल परियार पनि फरार भएका छन्। यसैगरी, चोरी मुद्दामै पुर्पक्षका लागि थुनामा रहेका रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–५ का तिलक भण्डारी र वडा नम्बर ३ का आदेश भण्डारी पनि सुरुङमार्फत भागेको प्रहरीले जनाएको छ।

सुरक्षा निगरानी कडा र खोजी कार्य तिब्र

घटना सार्वजनिक भएलगत्तै जिल्ला प्रहरी कार्यालय डोल्पाले जिल्लाका सबै सुरक्षा निकायलाई उच्च सतर्कतामा राख्दै विभिन्न नाकाहरूमा सुरक्षा निगरानी कडा पारेको छ। फरार भएका कैदीबन्दीहरूको खोजीका लागि व्यापक रूपमा सुरक्षाकर्मी परिचालन गरिएको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

[mero_group id="15734"]

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.