परीक्षा बिग्रिएको भन्दै एक युवतीले गरिन् आत्महत्या

A notice in Nepali from Mechinagar Ward No. 10

सुर्खेत । सुर्खेतकी एक युवतीले परीक्षा बिग्रिएको भन्दै सुसाइड नोट लेखेर आत्महत्या गरेकी छिन् ।

पश्चिम पञ्चपुरी नगरपालिका ८ घर भई हाल वीरेन्द्रनगरमा बस्दै आएकी बिमला कँडेलले कोठामा झुण्डिएर आत्महत्या गरेकी हुन् ।

जल तथा मौसम विज्ञान कार्यालयको भवनभित्र झुण्डियर आत्महत्या गरेकी २९ बर्षीया कँडेलले सुसाइड नोटमा बिबिएस प्रथम बर्षको परीक्षा बिग्रिएको भन्दै आत्महत्याको बाटो रोजेको कुरा उल्लेख गरिएको प्रहरी स्रोतले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका सुर्खेतका प्रवक्ता एवम डिएसपी रामप्रसाद घर्तीका अनुसार उनी जल तथा मौसम विज्ञानको कार्यालयमा उनकी दिदी कृष्णा ढकालसँग बस्दै आएकी थिइन् । कृष्णा कार्यालय हेरालु (चौकीदार) को रुपमा कार्यरत छन् ।

डिएसपी घर्तीले भने,‘आइतबार दिउँसो १२ बजेतिर झुण्डिएको अबस्थामा हामीलाई खबर आएको थियो । त्यसपछि हाम्रो अनुसन्धान टोली त्यहाँ पुगेको थियो । घटनाको थप अनुसन्धान भईरहेको छ ।’

घटनास्थल त्यस्तो शंकास्पद केही नभएको र कँडेललाई कोठाभित्र पङ्खामा पासो लगाएको अवस्थामा फेला पारेको घटनास्थलमै पुगेका एक प्रहरी अधिकारीले बताए

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.