ओखलढुङ्गा । ओखलढुङ्गामा भूकम्पपीडितसँग घुस लिने पुनर्निर्माण प्राधिकरणका कर्मचारी पक्राउ परेका छन् ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइबाट सिनपा– १ तलुवामा खटिएका सबइन्जिनियर राजन पासवान सेवाग्राहीबाट घुस लिँदै गरेको अवस्थामा रंगेहात पक्राउ परेका हुन् ।
सबइन्जिनियर पासवानले भूकम्पपीडितलाई तेस्रो किस्ता रकम निकासा गरिदिन्छु भन्दै नगद ३० हजार घुस रकम लिएका थिए । उनले घुस रकम लिँदै गरेको गोप्य सूचनाका आधारमा रंगेहात पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।
पक्राउ परेका कर्मचारीलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल पठाइएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

























