भारतबाट विराटनगरतर्फ तस्करी गरेर ल्याउँदै गरेको ७० बोरा अवैध चिनी बरामद

A notice in Nepali from Mechinagar Ward No. 10

विराटनगर। विराटनगर महानगरपालिका–६ ब्रह्मपुरामा तस्करी गरेर भारतदेखि ल्याउँदै गरेको ७० बोरा चिनी एउटा ट्रकबाट बिहीबार दिउँसो सशस्त्र प्रहरीले बरामद गरेको छ । को १ ख २१२९ नम्बरको ट्रकमा लोड गरेर ल्याउँदै गरेको अवस्थामा चिनी बरामद भएको हो । सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) दरैयाबाट खटिएको गस्ती टोलीले ट्रक रोकेर चेकजाँच गर्दा तस्करीको चिनी फेला परेको थियो ।

भारतको जोगवनीबाट तस्करी गरेर चिनी विराटनगरतर्फ ल्याउँदै गरेको खुलेको छ । सशस्त्रले चिनी लोड गरिएको ट्रकसहित चालकलाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि विराटनगर भन्सार कार्यालयमा बुझाएको छ । चिनी दुई लाख १० हजार मूल्य बढीको रहेको छ ।
सशस्त्र प्रहरी बल प्रदेश १ का प्रमुख डीआईजी वंशीराज दाहालले नेपाल–भारत सीमा क्षेत्रबाट हुने अवैध गतिविधी नियन्त्रणका सवालमा कुनै पनि सम्झौता नगर्न सशस्त्र प्रहरीलाई निर्देशन दिएका छन् । अवैध हिसाबले लाभ लिन खोजेको पाइएमा त्यसमा संलग्नलाई कारबाही गरिने उनको चेतावनी छ । डीआईजी दाहालले सीमा अपराध, अवैध चोरी तस्करी नियन्त्रण र सीमाको सुरक्षामा सशस्त्र प्रहरी सधैँ सम्वेदनशील रहेको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.