चिनियाँ स्याउ तस्करी प्रकरण :प्रदेश १ का चार प्रहरी कारवाहीमा

A notice in Nepali from Mechinagar Ward No. 10

विराटनगर । भारतीय प्रहरीले सुनसरी हुँदै प्रवेश गरेका तीन ट्रक तस्करीको चाइनिज स्याउ बरामद गर्दा प्रदेश १ का चार प्रहरी कारवाहीमा परेका छन् ।

स्याउ तस्करसँग जोडिएपछि प्रदेश प्रहरी कार्यालय विराटनगरमा कार्यरत प्रहरी नायव निरीक्षकसहित चारजनामध्‍ये तीनजना नसियत र एकजना प्रहरी ‘ग्रेड घटुवा’ सहित कारबाहीमा परेका हुन् ।

प्रदेश १ प्रहरी प्रमुख डिआइजी अरुणकुमार बिसीले तस्करीको स्याउ प्रकरणमा जोडिएका प्रदेश १ प्रदेश प्रहरी कार्यालयको रिजनल इन्भेष्टीकेशन टिम ‘रिट’ शाखामा कार्यरत प्रहरी नायव निरीक्षक (सई) किरण मोक्तान, प्रहरी चौकी हरिपुर सुनसरीमा कार्यरत प्रहरी सहायक निरिक्षक भुपराज पोखरेल, सुनसरीकै श्रीपुर जब्दी चौकीमा कार्यरत प्रहरी सहायक निरिक्षक टेकबहादुर कार्की र सोही कार्यलयमा कार्यरत प्रहरी हवल्दार बिरेन्द्रकुमार यादव विभागीय कारवाहीमा परेका हुन् ।

गत जेठ २९ गते सुनसरीको कोसी गाउँपालिका हुँदै ना ६ ख १५१२, ना ६ ख १८९५, प्रदेश १–०२–००१ ख ८०४१ नम्बरको ट्रकमा लोड गरिएको स्याउ भारतीय प्रहरीले सीमावर्ती क्षेत्र बिरपुरको इटा उद्योगमा अनलोड गरिरहेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।

तीनवटा नेपाली ट्रकमा एक हजार ३ सय ५० कार्टुन चिनियाँ स्याउ बरामद भएको थियो । ती मध्ये ना ६ ख १८९५ नम्बरको ट्रक विराटनगरमा, ना ६ ख १५१२ ट्रक जनकपुरमा र प्रदेश १–०२–००१ ख ८०४१ नम्बरको ट्रक सप्तरीको कञ्चनपुरमा लोड भएको थियो ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र सीमा क्षेत्रमा खटिएको भारतीय सीमासुरक्षा बल (एसएसबी)को सेटिङमा विरपुर पुर्याएर अनलोड गर्ने क्रममा भारतीय प्रहरीले स्याउ बरामद गरेपछि प्रदेश १ प्रहरी कार्यालयलले संघीय प्रहरी इकाई कार्यालयका तत्कालीन एसएसपी राजेन्द्र चौधरीको संयोजकत्वमा छानबिन समिति बनाएको थियो ।

एसएसपी चौधरीको संयोजत्कवमा गठन भएको छानबिन टोलीले बुझाएको प्रतिवेदनको आधारमा चार प्रहरी कारबाहीमा परेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.