Tuesday, May 11, 2021
- बिज्ञापन -
गृह मुख्य समाचारडा‌. केसीको जीवनरक्षा गर्न चिकित्सक संघको माग

डा‌. केसीको जीवनरक्षा गर्न चिकित्सक संघको माग

नेपाल चिकित्सक संघले अनशनरत डा. गोविन्द केसीको जीवनरक्षाको माग गरेको छ । संघले शुक्रबार विज्ञप्ति जारी गरी ५ दिनदेखि अनशनरत केसीका माग पूरा गर्न सरकारले चासो व्यक्त नगरेको भन्दै गम्भीर ध्यानकर्षण भएको जनाएको छ ।

संघका महासचिव डा. बद्री रिजालद्वारा जारी विज्ञप्तिमा गुणस्तरीय स्वास्थ्यसेवा र चिकित्सा शिक्षाका लागि केसीको सत्याग्रहलाई गम्भीर रुपमा मनन गर्न र छिटोभन्दा छिटो वार्तामार्फत माग सम्बोधन गर्न आग्रह गरिएको छ ।

डा. केसी भदौ २९ देखि जुम्लाको चन्दननाथ नगरपालिका–६ रानीचौरमा अनशन बसिरहेका छन् । उनको यो १९औँ सत्याग्रह हो ।

 

सम्बन्धित अन्य समाचारहरु

Leave a Reply

- बिज्ञापन -

लोकप्रिय समाचारहरु