भारतमा कोरोनाबाट मृत्यु हुनेको वास्तविक संख्या ४० लाख

A notice in Nepali from Mechinagar Ward No. 10

कोरोना भाइरस महामारीबाट सबैभन्दा धेरै प्रभावित मुलुकहरुमध्येको एक भारतमा महामारीका कारणले मृत्यु हुनेको वास्तविक संख्या ४० लाख नाघिसकेको एक अध्ययनले देखाएको छ ।

भारतको आधिकारिक तथ्यांक अनुसार हालसम्म त्यहाँ कोभिड १९ का कारण मृत्यु हुनेको संख्या ४ लाख १४ हजार भएतापनि मृत्युको वास्तविक अधिकतम संख्या अर्थात एक्सेस डेथ त्यसको १० गुणा बढि रहेको अध्ययनको निष्कर्ष छ ।

यो सँगै चालू कोरोना महामारी स्वतन्त्रता र विभाजन पछिको भारतीय आधुनिक इतिहासकै सबैभन्दा ठूलो मानवीय क्षतिको दुखान्त घटना बनेको छ ।

मंगलबार सार्वजनिक भएको रिपोर्ट अनुसार रेकर्ड गरिएको र अपेक्षा गरिएको मृत्युबीचको अन्तरको रुपमा गणना गरिने एक्सेस डेथको संख्या भारतमा ३४ लाख देखि ४७ लाख सम्म पुगेको छ ।

अमेरिकाको वाशिंटन तथा हार्वार्ड विश्वविद्यालयमा रहेको थिंकट्यांक संस्था सेन्टर फर ग्लोबल डेभलपमेन्टले तयार पारेको उक्त अध्ययन प्रतिवेदन अनुसारउल्लेखित मृत्यु कोभिड १९ भाइरस संक्रमणको प्रत्यक्ष कारणले मात्र नभएर महामारीको समग्र असरका कारणले भएको कूल मृत्यु हो । यो संख्या महामारी सुरु भएपछि गत जुन २१ सम्मको हो ।

अध्ययनका क्रममा शोधकर्ताहरुले भारतको कूल जनसंख्याकेा आधा हिस्सा रहेका विभिन्न ७ वटा राज्यको वाषिर्क मृत्युदरलाई आधार मानेका थिए । साथै उनीहरुले उमेरगत संक्रमणजन्य मृत्युको अन्तराष्ट्रिय दर, भाइरसबाट मृत्यु भएका मानिसहरुको संख्याका साथै देशव्यापी एन्टीबडी परीक्षण अर्थात् सेरो सर्भेका तथ्यांकहरु र भारतको उपभोक्ता सर्भेक्षणको तथ्यांक समेत विश्लेषण गरेका थिए ।

साथै उनीहरुले भारतमा कूल संक्रमितको संख्याको आधारमा कोभिड १९ को संक्रमण पछि हुने

मृत्युको सम्भावना सम्बन्धमा अन्तराष्ट्रिय अध्ययनको विधिबाट विश्लेषण गरे । यी सबै विश्लेषणको आधारमा शोधकर्ताहरुले भारतमा हालसम्म महामारीको प्रत्यक्ष तथा अप्रत्यक्ष कारणले ३४ लाख देखि ४७ लाख जनासम्मको मृत्यु भएको आँकलन गरेका हुन् ।

स्मरण रहोस् विश्वका ठूला अर्थतन्त्र भएका मुलुकहरुमध्ये सरकारद्धारा महामारीको अधिकतम अपेक्षित मृत्युको आधिकारिक प्रक्षेपण नभएको मुलुकहरुमध्ये भारत पनि एक हो ।

सेन्टर फर ग्लोबल डेभलपमेन्टले अनुमान गरेको भारतमा महामारीका कारण भएको मृत्युको यो संख्या अन्य महामारीविज्ञहरुले गरेको आँकलन भन्दा अधिक हो । कतिपय महामारी विज्ञहरुले भारतमा कोरोना भाइरस महामारीका कारण मृत्यु हुनेको कूल संख्या हालको आधिकारिक तथ्यांक भन्दा ५ देखि ७ गुणासम्म मात्र धेरै हुनसकने दाबी गरेका छन् ।

भारत सरकारको पूर्व मूख्य आर्थिक सल्लाहाकार समेत रहेका शोधकर्तामध्येका एक डाक्टर अर्विन्द सुब्रमनियनले आफुहरुको अध्ययनले भारतमा कोरोना महामारीका बेला ४० लाख मानिसको मृत्यु भएको देखाएको बताए ।

शोधकर्ताहरुका अनुसार भारतमा कोरोना भाइरस महामारीको पहिलो लहर खासै घातक नभएको ठानिएको भएपनि वास्तविकता फरक रहेको पाइएको छ । पहिलो लहरको बेला नै भारतमा २० लाख मानिसहरुको मृत्यु भएको अध्ययनले देखाएको छ । त्यसैले पहिलो लहरमा रिपोर्ट नगरिएका महामारीजन्य मृत्युहरु हाल आएर दर्ता गरिएका कारण भारतका विभिन्न राज्यहरुले आफ्नो कोभिड १९ मृत्यु संख्या बढाएर प्रस्तुत गर्ने गरेका छन् ।

एजेन्सीहरुको सहयोगमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.