सरकारी कार्यालयबाट ८५ हजारका सामान चोरी

A notice in Nepali from Mechinagar Ward No. 10

२४ साउन, काँकडभिट्टा :  झापाको मेचीनगर-६, काँकरभिट्टा स्थित एउटा सरकारी कार्यालयको आवस गृहबाट ल्यापटप र मोवाइल गरि ८५ हजार रूपैयाँ मूल्य बराबरका सामान चोरी भएको छ ।

क्वारेन्टिन कार्यालय काँकरभिट्टाको कर्मचारी बस्ने माथिल्लो तलाबाट ६० हजार रूपैयाँ मूल्य बराबरको लेनोभा कम्पनीको ल्यापटप एकथान र २५ हजार रूपैयाँ मूल्य बराबरको रेडमी नाईन मोवाइल एकथान चोरी भएको कार्यालयका खरिदार मुकुन्द शिवाकोटीले बताउनुभयो ।

सवै सामान खरिदार शिवाकोटीकै कोठाबाट चोरी भएको हो । ल्यापटप कार्यालयको हो भने मोवाइल खरिदार शिवाकोटीको निजी भएको बताउनुभयो ।

पर्खालमा कुर्सी राखेर भित्र पसी ती सामान निकालेको घटनाले देखाउने उहाँको भनाई छ । बिहान २ देखि ४ बजेको समयमा सामान चोरी भएको शिवाकोटीले जानकारी दिनुभयो ।

घटनाका बारेमा शिवाकोटीले तत्काल ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र सशस्त्र प्रहरी बल नेपाल वीओपी काँकरभिट्टामा मा‌ैखिक जानकारी गराए लगत्तै प्रहरीले घटनाका बारेमा अनुसन्धान थालेको ईलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव उपरीक्षक सुनिल दाहालले जानकारी दिनुभयो ।

क्वारेन्टिन कार्यालयको दुरी काँकरभिट्टा बजार, ईलाका प्रहरी कार्यालय काँकडभिट्टा र सशस्त्र प्रहरी बल नेपाल वीओपी खासै टाढा छैन् । कार्यालयमा रहेको सिसि क्यामरा अफ गरिएका कारण प्रहरीले सिसि क्यामराको फुटेज हेर्न नसकेको जनाएको छ ।
घटनामा संलग्नलाई प्रहरीले चाडै नियन्त्रणमा लिएर सार्वजनिक गर्ने प्रहरीले प्रतिवद्धता व्यक्त गरेको छ ।

केही दिनअघिदेखि नगरमा मोवाइल र ल्यापटप चोरीका घटना वृद्धि हुन थालेपछि ईप्रकाले प्रहरी सहायक निरीक्षकको कमाण्डमा छुट्टै टोली बनाएर गोप्य रूपमा परिचालन गरेको छ । टोलीले एकसाता अघि मात्र विभिन्न समयमा चोरी भएका अलग अलग कम्पनीका मोवाइल फेला पारेर धनीलाई बुझाएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.