प्रेस संगठन नेपालको माई पश्चिम समिति गठन

A notice in Nepali from Mechinagar Ward No. 10

३१ भाद्र, दमक : प्रेस संगठन नेपाल झापाले माई पश्चिम तदर्थ समिति गठन गरेको छ ।
झापाको दमकमा विहिवार भएको भेलाले डिकेश लामाको संयोजकत्वमा ७ सदस्यीय तदर्थ समिति गठन भएको हो ।
नव गठित समितिको सहसंयोजकमा लोकनाथ रिजाल रहेका छन् । सदस्यहरूमा प्रेम यम्फू राई, गोमा घिमिरे गोविन्द ल्वागुन, सुमित भण्डारी र सविन खतिवडा रहेका छन् । संगठनका झापा संयोजक झुलन रेग्मीको अध्यक्षतामा भएको भेलामा संगठनका केन्द्रीय सदस्य तथा भेलाका प्रमुख अतिथि विमल लामिछानेले संगठनले नगठित समितिलाई पत्रकारको क्षमता विकासका लागि काम गर्न निर्देशन दिएका छन् ।
संगठनका प्रदेश नं. १ उपाध्यक्ष डण्डिराज घिमिरेले प्रकाश पारेको भेलालार्ई संगठनका जिल्ला सचिव उद्धव पुरीले सञ्चालन गरेका थिए । संगठनले झापामा संगठन विस्तारलाई तीव्रता दिएको छ । सोही अभियान अन्तर्गत संगठनले मेचीनगर, बिर्तामोड र भद्रपुरमा पनि चाँडै क्षेत्रीय कमिटी गठन गर्ने सचिव पुरीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.