टुङ्गो लाग्यो एमाले मेचीनगरको अध्यक्ष र उपाध्यक्षको नाम

A notice in Nepali from Mechinagar Ward No. 10

१५ कार्तिक, मेचीनगर : नेतृत्वको पटक पटकको बैठक र छलफलबाट नेकपा एमाले मेचीनगरको अध्यक्ष र उपाध्यक्षको नाम टुङ्गो लागेको छ । ९ कात्तिकमा निक्कै तामझामका साथ धुलावारीस्थित पासाङ्ग ल्हामू स्मृति जेसीस प्रतिष्ठानमो नेकपा एमालेको नगर अधिवेशन उद्घाटन भएको थियो । अधिवेशनको बन्दसत्रले सर्व सम्मत नेतृत्व चयन गर्न नसक्दा सातदिनपछि अध्यक्षमा राजु ‐खेमराज) पोखरेल र उपाध्यक्षमा दिनेश राजवंशीको नाम टुङ्गो लागेको पार्टीका जिल्ला कमिटी सदस्य एवम् मेचीनगर इञ्चार्ज देवकुमार राईले जानकारी दिनुभयो । अध्यक्ष पोखरेल नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकता हुनुअघि सम्म एमाले मेचीनगर अध्यक्ष हुनुहुन्थयो । एकतापछि उहाँ सचिव हुनुहुन्थयो ।

अध्यक्ष खेमराज पोखरेल (राजु)

समाचार स्रोतका अनुसार ५ पदाधिकारी र ७० जना सदस्य गरी ७५ जनाको नगर कमिटीमा सचिवमा मेचीनगर — ९ का कञ्जन तामाङ , उप—सचिवमा मेचीनगर —१२ का जग्गनाथ भट्टरार्ई र मेचीनगर —२ का डेनु मगरलाई चयन गर्ने नेतृत्वबीच सहमति भएको अव यसलाई एमाले मेचीनगर पदाधिकारी चयन कार्यदलले आधिकारीता दिने बताईएको छ । यी नाम पार्टी नेतृत्वहरुबीच सहमति भइसकेकाले कार्यदलले यसैलाई अनुमोदन गर्ने एमाले पार्टीले जनाएको छ ।

उपाध्यक्ष दिनेश राजवंशी

पार्टी नेतृत्व र उम्मेद्वारहरुबीच भएको निरन्तरको छलफलबाट एमाले मेचीनगरको नगर कमिटि चयन गर्ने र मंगलबार पार्टी कार्यालय काँकरभिट्टामा घोषणा सभा गर्ने नेता राईले जानकारी दिनुभयो । सोहि सभामा एमाले मेचीनगरको नयाँ नेतृत्वलाई पद तथा गोपनियताको सपथ ग्रहण गराईने छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.