मेचीनगर स्तरीय अन्तर विद्यालय फुटबलको उपाधि ओसियनिक निर्वाणालाई

A notice in Nepali from Mechinagar Ward No. 10

१६ कार्तिक, मेचीनगर : थेसिस इङ्ग्लिस बोर्डिङ्ग स्कुलको आयोजनामा सञ्चालित मेचीनगर स्तरीय अन्तर माध्यमिक विद्यालय फुटबल प्रतियोगिताको उपाधि ओसियनिक निर्वाणा बोर्डिङ्ग स्कुल बौंद्धमोडले जितेको छ । आज भएको फाइनल खेलमा अरुणोदय आवासीय माध्यमिक विद्यालयलाई १–० गोल अन्तरले पराजित गर्दै ओसियनिकले उपाधि चुम्न सफल भएको हो ।

खेलको सेकेण्ड हाफमा ओसियनिक स्कुलका जर्सी नम्बर ७ का खेलाडी उज्जवल खड्काले गरेको गोल नै निर्णायक गोल बन्न पुग्यो । अत्याधिक प्रतिस्पर्धात्मक खेलमा अरुणोदय आवासीय माध्यमिक विद्यालय उपविजेता बन्न सफल भयो ।

खेलको सर्वोत्कृष्ट खेलाडी अरुणोदयका टिम क्याप्टेन जर्सी नं. १० का सन्देश ओली भएका छन् भने उत्कृष्ट गोल रक्षक ओसियनिकका  संजोग खड्का भएका छन् ।

विजेता तथा उप–विजेता दुबै टिमलाई प्रमुख अतिथि दिप–ज्योति टोल विकास संस्थाका अध्यक्ष धनबहादुर राई, अतिथिहरु राष्ट्रिय खेलाडी विशाल राई, एनप्याब्सन मेचीनगर अध्यक्ष भगिरथ राई, प्याब्सन मेचीनगर उपाध्यक्ष बिक्रम क्षेत्री, राष्ट्रिय रेफ्री लाक्पा तामाङ्ग लगायतले ट्रफी तथा मेडल वितरण गर्नुभएको थियो । पुरस्कार वितरण कार्यक्रम आयोजक विद्यालयका संस्थापक प्रधानाध्यापक डम्बर रुचालको सभापतित्वमा सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.