प्रा.डा. भीम खतिवडाको हाइबुन´गो ब्याक´ कृति लोकार्पण

A notice in Nepali from Mechinagar Ward No. 10

इटहरी। प्राध्यापक डाक्टर भीम खतिवडाको हाइबुन ‘गो ब्याक’ लोकार्पण भएको छ। नियात्रासँगै हाइकु समावेश भएको हाइबुन खतिवडाको नयाँ कृति हो । नेपाल संस्कृत विश्वविद्यालयका शिक्षाध्यक्ष समेत रहेका खतिवडाको आज इटहरीको गोर्खा होटेलमा एक कार्यक्रमका बिच लोकार्पण भएको हो ।

पवित्रा साहित्य प्रतिष्ठान इटहरीले आयोजना गरेको कार्यक्रम बेलबारी स्रष्टा समाजका संस्थापक अध्यक्ष तथा पूर्व सांसद हर्कमान तामाङको प्रमुख आतीथ्यतामा सम्पन्न भएको हो । खतिवडाका पिण्डेश्वर क्याम्पसका प्राध्यापक हुन् ।

लोकार्पण भएको कृती बारे टिप्पणी गर्दै डाक्टर दिवाकर रेग्मीले हाइबुन पढ्नै पर्ने कृती रहेको बताए । पुस्तकमा प्रयोग भएका भाषा र बिम्ब निक्कै ओजपूर्ण भएको उनको बुझाई छ । पुस्तक पढ्दै जाँदा धेरै ठाउँमा भावुक र रोमाञ्चित अनुभूति हुने उनको भनाई छ ।

भारतको दार्जेलीङ सँग स्रष्टाको सम्बन्धको बारेमा पुस्तकमा मिहिन ढङ्गले उल्लेख गरिएको उनले प्रस्ट पारे । स्रष्टाको सम्बन्ध भौगोलिक सीमा भन्दा बाहिर कसरी प्रगाढ हुन्छ भन्ने कुरा ‘गो ब्याक’मा लेखिएको डा’ रेग्मीको टिप्पणी छ।

लोकार्पण कार्यक्रम वरिष्ठ कवि बद्री भिखारी, समालोचक डाक्टर रामजी तिम्सिना लगायतको उपस्थिति थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.