बाहुनडाँगी जेसीजको जेसीज सप्ताह सम्पन्न

मैत्रीपूर्ण फुटबल प्रतियोगितामा प्रेस क्लब मेचीनगर उपविजेता

A notice in Nepali from Mechinagar Ward No. 10

४ मंसिर, मेचीनगर : बाहुनडाँगी जेसीजको जेसीज सप्ताह अन्तर्गत शनिबार बाहुनडाँगी जेसीज र प्रेस क्लब मेचीनगरबीच भएको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा प्रेस क्लब मेचीनगर उपविजेता बनेको छ । मेचीनगर -२ भृकुटीस्थित भानु माध्यमिक विद्यालयको खेलमैदानमा भएको मैत्रीपूर्ण खेलमा प्रेस क्लब मेचीनगर २ शुन्यले उपविजेता बनेको हो ।

विशाल तामाङ्गको दुईगोलको मद्घतले बाहुनडाँगी जेसीज विजयी भएको थियो । खेल शुरु भएको २ मिनेट र मध्यान्तरपछिको ७ मिनेटमा उनले गोल गरेका थिए । प्रेस क्लबका तर्फबाट अर्जुन कार्कीको कप्तानीमा मैदान छिरेको टिमले पटक पटकको अवसरलाई सदुपयोग गर्न सकेन् ।

साथै सोहि अवसरमा बाहुनडाँगी युवा क्लब र फाइब स्टारबीच भएको खेलमा बाहुनडाँगी युवा क्लब २ शुन्यले विजयी भयो । बाहुनडाँगीका तर्फबाट रिक्कि प्रधान र आदित्य कार्कीले गोल गरेका थिए । विजेता टिमलाई मेडल र ट्रर्फी प्रधान गरिएको थियो ।

बाहुनडाँगी जेसीजका अध्यक्ष दिपक बरालको सभापतित्व तथा मेचीनगर— २ का वडा अध्यक्ष तिलक न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा शाखाका पूर्व अध्यक्षहरु बद्री निरौला, उत्तम सिठुङ, पुष्कर ढकाल, कञ्चन उप्रेती, २०२० का अध्यक्ष सागर कार्की, फाइव स्टार युथ क्लबका अध्यक्ष गोपी रिजाल, प्रेस क्लब मेचीनगरका अध्यक्ष लक्ष्मी उप्रेती, प्रेस सेन्टर झापाका अध्यक्ष झुलन रेग्मीलगायतको सहभागिता रहेको थियो ।

कार्यक्रम संयोजक नित्यानन्द चम्लगाईको स्वागत रहेको कार्यक्रमको आस्थापाठ सुपेक्षा खड्का र सञ्चालन हेमन्त मोक्तानले गर्नुभएको थियो । यो सँगै जेसीजले आयोजना गरेको यस वर्षको जेसीज सप्ताह सम्पन्न भएको छ । २८ गतेबाट सुरु भएको सप्ताह विभिन्न कार्यक्रमका साथ शनिवार सम्पन्न भएको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.