क्षेत्र नं. १ प्रदेश ‘ख’ को सभापतिमा सन्तोष न्यौपाने निर्वाचित

A notice in Nepali from Mechinagar Ward No. 10

३ मंसिर, झापा : नेपाली कांग्रेस १४औँ महाधिवेशन अन्तरगत झापा क्षेत्र नं १ प्रदेश (क) र (ख) को चुनाव सम्पन्न भएको छ ।
शुक्रबार सम्पन्न प्रदेश निर्वाचन क्षेत्र नं १ (क) मा ३८४ जना क्षेत्रिय प्रतिनिधिमा ३७७ जनाले मतदान गरेका थिए । त्यस मध्ये ७ जनाले मतदानमा भाग लिएनन् । (क) को मतगणना भईरहेको छ ।

यता प्रदेश ख को सभापतिमा सन्तोष न्यौपानले ९८ मत ल्याएर विजयी भएका छन् ।

उनका प्रतिस्पर्धीहरु पुष्पराज कार्कीले ८५, विष्णु रिमालले १३, सिता पोखरेलले २७ मत मात्र प्राप्त गरेका थिए ।

यस्तै उपसभापतिमा मनकुमार लिम्बुले १५९ र सोमप्रसाद ढुंगेलले ११९ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिस्पर्धीहरु उत्तमकुमार लिम्बुले ५५, मिनाकुमारी गजमेरले ९२ मत मात्र प्राप्त गरेका थिए ।

त्यस्तै महिला सदस्यहरुमा ज्योती न्यौपानेले १७९, ज्ञानु थापाले १५८ र मालती विष्टले १४५ मत ल्यएर विजयी भएका छन् भने दिलकुमारी तामाङले ११७ मत मात्र प्राप्त गरेको निर्वाचन समितिका सदस्य राजन गिरीले जानकारी दिए ।

सचिव, सहसचिव र सदस्यहरु यस अघिनै सर्वसम्मत भईसकेका छन् ।

लोकतन्त्रपोष्टबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.