मेचीनगरमा देखिएको डेंगु संक्रमण नियन्त्रणमा : सरसफाईमा ध्यान दिन नगरवासीमा आग्रह

A notice in Nepali from Mechinagar Ward No. 10

१७ मेचीनगर, मंसिर : कात्तिक शुरुसँगै झापाको मेचीनगरमा देखिएको डेंगु संक्रमण नियन्त्रणमा आएको छ । नगरका डेंगु ज्वरोका रोगी फेला पर्न थालेपछि मेचीनगर नगरपालिकाले त्यसको नियन्त्रण गर्न र संक्रमण बढ्न नदिन नगरका विभिन्न ठाउँमा चेतनामुलक कार्यक्रमसहित विविध कार्यक्रम शुरु गरेको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

अहिले विशेषगरी नगरका ६, ८ र १० नम्बर वडामा डेंगु ज्वरोका रोगी रहेको र उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताईएको छ । शुरुमा वडानम्बर ६ र वडानम्बर ८ मा डेंगु ज्वरोका रोगी फेला परेका थिए । त्यसलगत्तै मेचीनगर—८ की एक महिलामा संक्रमण फेला परेको बताईएको छ । सहरको रोग पनि भनिने डेंगु झापामा पहिलो पटक सन् २०१२ मा काँकरभिट्टामा फेला परेको थियो । यसको महामारी नफैलियोस भनेर नगरपालिकाले नियन्त्रण र रोकथामका लागि तत्काल काम शुरु गरेको नगर उपप्रमुख मीना पोखरेल उप्रेतीको भनाई छ । नगरमा डेंगु संक्रमण देखिए लगत्तै किटजन्य रोग ‐डेंगु) सम्बन्धि बहुनिकाय अन्तरक्रियादेखि यसको रोकथामका लागि चेतनामुलक कार्यक्रम, माईकिङ्ग, पर्चा पम्प्लेट वितरणसहित स्वस्थ्यकर्मीसहितको घरदैलो अभियान शुरु गरेको, डेंगु रोग नियन्त्रणका लागि लामखुट्टेको बासस्थान खोजी नष्ट गर्ने अभियान तीव्र पारिएको पनि बताउनुभयो ।

नगरका स्वास्थ्य शाखा संयोजक सविता सापकोटा निरौलाले अहिले नगरका ६, ८ र १० नम्बर वडामा डेंगु ज्वरोका रोगी रहेको र सवैको स्वास्थ्य अवस्था सामान्य रहेको बताउनभुयो । उहाँले नगरमा देखिएको डेंगु संक्रमण पूर्णरुपमा नियन्त्रणमा आएको दावी गर्नुभयो । अहिले नगरका १५ वटा वडाका विद्यालयमा ३० वटा एउटा वडामा २ वटा कक्षा सञ्चालन गरिएको छ । गर्मी र जाडोको मौसमा डेंगुको प्रकोप बढ्ने उहाँको भनाई छ । यस अघि देशका विभन्न जिल्लामा महामारीका रुपमा फैलिएको डेंगुको संक्रमण यो साल पनि कोभिड १९ को महामारी हुँदाहुदैं डेंगु संक्रमण फाट्टफुटटरुपमा कात्तिक महिनादेखि शुरु भएको थियो । जव यसको संक्रमण बढ्न थाल्यो त्यस लगत्तै नगरपालिकाले ‘क्वीक प्लान’ गरेर यसको नियन्त्रण र रोकथाममा लागेको उहाँको भनाई छ ।

त्यस लगत्तै संक्रमण भएको वडा पहिचान गरेर लामखुट्टेको बासस्थान लार्भा खोजी नष्ट गर्ने अभियान शुरु गरेको उहाँको भनाई छ । यसकारण पनि मेचीनगरमा डेंगुले महामारीको रुप लिन नपाएको उहाँको भनाई छ । डेंगुको विषाणु भाइरसद्वारा संक्रमित भएको एडिस एजिप्टाई जातको पोथी लामखुट्टेले यो रोग सार्छ । डेंगु भाइरस संक्रमित एडिस एजिप्टाई नाम लामखुट्टेले मानिसलाई टोकेपछि यो रोग सर्ने स्वास्थ्यकर्मीहरुको भनाई छ ।

लामखुट्टेले टोकेको पाँचदेखि सात दिनभित्र उच्च ज्वरो र अत्यधिक टाउको दुख्ने समस्या आउने जानकारहरु बताउँछन् । डेगुका विरामीमा ज्वरो आउने, टाउको दुख्ने, आँखाको गेडी दुख्ने, जिउ दुख्ने, शरीरमा विमिरा आउने, वाक–वाकी लाग्ने, नाकबाट रगत आउने, दिसा कालो आउने जस्ता लक्षण देखा पर्ने नगरपालिकाको स्वास्थ्य शाखा संयोजक निरौलाको भनाई छ । डेंगुबाट जोगिने उपाय, त्यसका लक्षण तथा उपचारबारे नगरपालिकाले सर्वसाधारणमा जानकारी गराउने, रोग सार्ने लामखुट्टेको लार्भा खोज्ने र नष्ट गर्ने काम नगरपालिकाले शुरु गरेको र आवश्यक भए विषादी छिट्ने लगायतका काम समेत शुरु गर्ने बताईएको छ । डेंगु संक्रमणको भयावह अवस्था आउन नदिन हरेक नगरवासी सचेत हुनुपर्ने र सरसफाइमा ध्यान दिनुपर्नेमा नगर उपप्रमुख मीना पोखरेल उप्रेतीको भनाई छ । एसी, फ्रिज, फूलका गमला, गाडीका पुराना टायर जस्ता वस्तुमा पाँच दिनभन्दा बढी पानी जम्नासाथ डेंगु सार्ने एडिस एजिप्टाई जातको लामखुट्टे मौलाउँछ । त्यसबाहेक जथाभावी फोहर फाल्दा सँगै मिल्काइने प्लाष्टिकका बट्टाहरु, प्लाष्टिकका गिलास तथा अन्य भाँडावर्तनहरुमा ज्यादै थोरै परिमाणमा जम्ने पानीमा पनि यो लामखुट्टेले फुल पार्छ ।

लामो समयदेखि जमेको पानीमा,पानीको ट्याङकी, एसी, गमला, टायर, ड्रम, प्लाष्टिक, कन्टेनरमा एकहप्ता वा त्यसभन्दा बढी समयसम्म पानी जम्यो भने लामखुट्टेले बासस्थान बनाएर फुल पार्छ । उक्त लामखुट्टे २० देखि ३० डिग्री सेल्सियस तापक्रममा बढी सक्रिय हुने गर्छ । याम परिवर्तनसँगै लामखुट्टेको टोकाई बढ्ने गर्छ । एउटा लामखुट्टेले ५ जनासम्मलाई रोग सार्ने गर्छ । गाउँमा भन्दा सहरमा यो लामखुट्टे प्रशस्त पाइने गरेको जानकारहरुको भनाई छ ।

वर्षा सकिएपछि विभिन्न ठाउँमा पानी जमेको हुन्छ । त्यस्तो ठाउँमा लामखुट्टेले फुल पार्ने गर्छ । त्यही लामखुट्टे (एडिस एजिप्टाई, पोथी)ले रोग सार्छ । असोज र कात्तिक महिनामा यस्तो संक्रमणको खतरा बढ्ने डाक्टर पिताम्बर ठाकुरको भनाई छ । यद्यपि जोखिम मंसिर मध्यसम्म कायमै रहने उहाँको भनाई छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.