Wednesday, May 12, 2021
- बिज्ञापन -
गृह पर्यटन / भ्रमणनाथमको तेस्रो शाखा झापामा

नाथमको तेस्रो शाखा झापामा

नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) ले आफ्नो तेस्रो शाखा झापामा स्थापना गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले झापाको बिर्तामोडमा नाथमको शाखा उदघाटन गरे । यसअघि लुम्बिनी प्रदेशको बाँके र प्रदेश २ को महोत्तरीमा पनि शाखा कार्यालय स्थापना गरिएको थियो ।

नाथम पर्यटन तथा होटल व्यवस्थापनको अध्ययन–अध्यापन हुने एकमात्र सरकारी निकाय हो । काठमाडौंको कलेजमा विद्यार्थीहरुको अत्यधिक चाप बढेपछि प्रदेशस्तरमा शाखा कलेज स्थापना गरिएको नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) का कार्यकारी निर्देशक दीपक थापाले बताए ।

थापाका अनुसार सबै शाखामा बीएचएममा ८० जना र ब्याचलर अफ ट्राभल एण्ड टुरिजम (बीटीटीएम)मा ४० जना अध्ययन गर्ने क्षमता छ ।

हाल नाथमको बीएचएम, बीटीटीएम र मास्टर्स अफ हस्पिटालिटी म्यानेजमेन्ट (एमएचएम) मा करीब १ हजार ६ सय जना विद्यार्थीहरु छन् ।

शाखा कलेजहरुमा यो वर्षको शैक्षिक सत्रदेखि ब्याचलर अफ होटल म्यानेजमेन्ट (बीएचएम) शैक्षिक कार्यक्रम र पर्यटन तथा होटल सम्बद्ध तालीमहरू सन्चालन हुने कार्यकारी निर्देशक थापाले बताए ।

उनले भने, ‘प्रदेशस्तरमा कलेज स्थापना भएपछि दुरदराजका समेत लाभान्वित हुने विश्वास छ ।’

सम्बन्धित अन्य समाचारहरु

Leave a Reply

- बिज्ञापन -

लोकप्रिय समाचारहरु