Wednesday, April 21, 2021
- बिज्ञापन -
गृह पर्यटन / भ्रमणदुर्लभ हरित परेवा भेटियो , नेपालमा संरक्षित क्षेत्र बाहेक सबै भन्दा बढी...

दुर्लभ हरित परेवा भेटियो , नेपालमा संरक्षित क्षेत्र बाहेक सबै भन्दा बढी चरा मेचीनगरमा : देवेन्द्रकुमार खरेल

विहिबार, ११ मंसिर २०७७,
मेचीनगर डेस्क

चरा खोजकर्ता देवेन्द्रकुमार खरेलले झापाको मेचीनगरमा ‘हरित परेवा’ प्रजातिको चरा फेला पार्नु भएको छ । वैज्ञानिक नाम ‘डुकुला एनिया’ र अङ्ग्रेजी नाम ‘ग्रिन इम्पेरियल पिजन’ भएको उक्त चरा मेचीनगर नगरपालिका–७ को सतिघट्टामा सिमलको रुखमा भेटिएको उहाँले जानकारी दिनु भयो । वहाँले नेपालमै पहिलोपल्ट सो प्रजातिको चरा भेटिएको दाबी समेत गर्नु भयो । पंक्षी संरक्षण संघ र चराहरुको बारेमा पुस्तक लेखक डा. हेमसागर बरालले उक्त चरा नेपालमा पहिलोपल्ट भेटिएको पुष्टि समेत गर्नूभएको छ । “मैले यही मङ्सिर ९ गते बिहान ८स्३० बजेतिर चराहरुको खोजी गर्दै जाँदा सिमलको रुखमा चारवटा अनौठा परेवाजस्ता चरा देखेँ”, खरेलले भने, “फोटो खिचेर पक्षी संरक्षण संघ र डा. बराललाई पठाएँ, त्यहाँबाट यो पंक्षी हरित परेवा रहेको र पहिलोपल्ट भेटिएको जानकारी पाएँ ।” नेपालमा संरक्षित क्षेत्र(राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु अरक्षण) बाहेक सबै भन्दा बढी चरा मेचीनगरमा पाइने वहाँले दावी गर्नुयो ।

झापा मेचीनगरका स्थायी वासिन्दा खरेल विगत पाँच वर्षदेखि चराहरुको खोजी र संरक्षणमा लागिरहनु भएको छ । वहाँले नेपालका झापा, इलाम, सुनसरी, चितवनलगायतका स्थानमा डुलेर पंक्षीको तस्वीर खिच्ने र तिनको संरक्षणका लागि जनचेतना जगाउने काम गर्दै आउनु भएको छ भने भारतका समेत विभिन्न स्थानको भ्रमण गरि चराहरुको तस्वीर खिची सक्नु भएको छ । । नेपालमा ८८६ प्रजातिका चरा भएको आधिकारिक तथ्याङ्क छ । हरित परेवालाई अहिलेसम्म पाइने चराको सूचीमा राखिएको छैन । अब चराहरुको प्रजाति ८८७ पुगेको मान्नुपर्ने चरा खोजकर्ता खरेलले जानकारी दिनु भयो। घरेलु परेवाभन्दा १० सेन्टिमिटर लामो र दुवै पखेटामा चम्किलो हरियो रङ हुने भएको हुँदा सो प्रजातिको परेवा ढुकुरभन्दा दोब्बर र घरेलु परेवाभन्दा निकै ठूलो आकारको हुन्छ ।

दुर्लभ हरित परेवा पाइनु चरा संरक्षण र चरा पर्यटनका दृष्टिले ठूलो उपलब्धि मानिएको छ । मेचीनगरको मेची र नन्दा नदीको किनारका दलदले क्षेत्र र इलामसँगको सिमानामा रहेको चुरे जङ्गल क्षेत्रमा ३०० प्रजातिका चराको बासस्थान भएको बताइन्छ । उहाँले ती चरालाई संरक्षण गरी पर्यटक आकर्षित गर्न सकिनेतर्फ राज्यको ध्यान जान आवश्यक रहेको बचाउनु भयो ।

सम्बन्धित अन्य समाचारहरु

Leave a Reply

- बिज्ञापन -

लोकप्रिय समाचारहरु