Sunday, May 9, 2021
- बिज्ञापन -
गृह खेलकुदकाँकरभिट्टामा रक्तदान कार्यक्रम सम्पन्न

काँकरभिट्टामा रक्तदान कार्यक्रम सम्पन्न

काँकरभिट्टा, १५ मंसिर

कोभिड १९ को महामारीका कारण देशैभर रगतको अभाव भइरहेको र यसलाई कम गर्ने उद्घेश्यले सोमबार झापाको मेचीनगरमा वृहद रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाली काँग्रेस खेलकुद विभागको आयोजना तथा लोकतान्त्रिक खेलकुद संघ मेचीनगरको संयोजनमा कार्यक्रम भएको हो ।

पूर्व सूचना तथा सञ्चारमन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले मेचीनगर वडानम्बर १० का वडाध्यक्ष सुदयकुमार पनेरुलाई व्लड ब्याग हस्तान्तरण गरेर कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो । उहाँले देशभर यो अभियान सञ्चालन गरिएको हालसम्म देशभरका १२ भन्दा बढी जिल्लामा कार्यक्रम सम्पन्न भइसकेको बताउनुभयो ।

स्थानीय पञ्चमुखी हनुमान मन्दिर परिसरमा नेपाल रेडक्रस सोसाईटि उपशाखा विर्तामोडको प्राविधिक सहयोगमा भएको कार्यक्रममा ३० पुरुष र ५ महिला गरी ३५ जनाले रक्तदान गरेका थिए । संकलित सवै रगत नेपाल रेडक्रस सोसाईटि उपशाखा विर्तामोडलाई हस्तानतरण गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका नेता बस्नेतले रक्तदाताहरुलाई प्रमाण पत्रसहित फलफूल वितरण गर्नुभएको थियो ।

लोकतान्त्रिक खेलकुद संघ मेचीनगरका अध्यक्ष कर्णबहादुर थापाको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि वस्नेत, संविधान सभा सदस्य उषा गुरुङ्ग, नेपाली काँग्रेस झापाका उपसभापति राम कट्टेल, मेचीनगर सभापति इन्द्रबहादु बुडाथोकी, नेपाली काँग्रेस खेलकुद बिभागका पंकजविक्रम नेम्बाङ्गलगायतले उद्घाटन मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन लोकतान्त्रिक खेलकुद संघ मेचीनगरका सचिव भरत गुरुङ्गले गर्नुभएको थियो ।

सम्बन्धित अन्य समाचारहरु

Leave a Reply

- बिज्ञापन -

लोकप्रिय समाचारहरु