८ वैशाख, झापा : झापामा ५ दलीय गठबन्धनबाट एकीकृत समाजवादीले बाहिरिएको घोषणा गरेको छ ।
नेपाली कांग्रेसले एकलौटीरुपमा भागबन्डा गर्न खोजेको भन्दै एकीकृत समाजवादीले गठबन्धनबाट बाहिरिएको घोषणा गरेको हो ।
एकीकृत समाजवादीका झापा जिल्ला अध्यक्ष बेदराज रेग्मीले विगतमा भएको सहमतिबाट कांग्रेसपछि हटेकाले गठबन्धनमा बस्नुको औचित्य नभएको अनलाइनखबरलाई बताए । ‘अस्ति जे सहमति भएको थियो, त्यो उल्ट्याउने काम भयो’, उनले भने, ‘अरुलाई जिताउन मात्र किन गठबन्धन गर्नु ?’
एकीकृत समाजवादीले गठबन्धनबाट बाहिरिने घोषणासँगै झापाका सबै स्थानीय तहमा प्रमुख तथा उपप्रमुखका उम्मेदवारको नाम पनि सार्वजनिक गरेको छ । एकीकृत समाजवादी झापाका प्रचार विभाग प्रमुख तीर्थ सिग्देलले गठबन्धनबाट बाहिरिएपछि आवश्यकताका आधारमा छुट्टै गठबन्धनका लागि वार्ता थालिएको बताए । उनले भने, ‘राप्रपा र जसपासँग पनि छलफल गरिरहेका छौं ।’
समाजवादीले झापामा एक प्रमुख, ६ उपप्रमुख र १५ वडाध्यक्ष माग गरेको थियो । तर कांग्रेसले समाजवादीलाई अर्जुनधारा नगरपालिका र कमल गाउँपालिकाको उपप्रमुख मात्रै दिने भनेको थियो । ‘हामीले उपप्रमुख दिँदा पनि कम्तिमा ४ वटा चाहिन्छ भनेका थियौं’ रेग्मी भन्छन् ।
कांग्रेसका नेताहरु समाजवादीले अस्वभाविकरुपमा भाग खोजेको दाबी गर्छन् । कांग्रेस झापाका सचिव कृष्ण हुमागाईंले भागबन्डाबारे सैद्धान्तिक सहमति भएको र हस्ताक्षरको तयारी भइरहेको बताए ।
स्रोतका अनुसार झापामा कांग्रेसले १४ वटा स्थानीय तहको प्रमुखमा दाबी गरेको छ भने माओवादीलाई एउटा स्थानीय तहको प्रमुख दिने सहमति भएको छ ।
नेकपा एकीकृत समाजवादीवाट झापामा सिफारिस भएका प्रमुख र उप प्रमुखका उमेदवारहरु:
१) मेचीनगर प्रमुख : शारदा शर्मा, अर्जुन पौडेल, लक्ष्मी थिङ
उप प्रमुख : बीपी भट्टराई, शंकर थापा, विमला देवकोटा
२) बुद्धशान्ती प्रमुख : दुर्गा आचार्य, पुस्प खतिवडा
उप प्रमुख : प्रदीप धिमाल
३) अर्जुनधारा प्रमुख : भास्कर काफ्ले, प्रत्युश राना
उप प्रमुख : रमा खवास, प्रेमसागर सापकोटा, अम्बिका खतिवडा
४) बिर्तामोड प्रमुख : चन्द्रकला घिमिरे, चेतानन्द निरौला
उप प्रमुख : तीर्थ सिग्देल, श्रीप्रसाद सिटौला
५) कनकाई प्रमुख : नारायण सिंह राजबन्सी
उप प्रमुख : अम्बिका उप्रेती
६) भद्रपुर प्रमुख : पुस्प पोखरेल, दुर्गा भट्टराई
उप प्रमुख : पदम लिम्बू, टीका रेग्मी, कुज्जा रुचाल
७) शिबसतासी प्रमुख : नवीन इजम
उप प्रमुख : यसोधा भट्टराई
८) कमल प्रमुख : हरीमाया मैनाली, खगेन्द्र बाराकोटी
उप प्रमुख : होमबहादुर बराल, चन्द्रकला भण्डारी, राम भण्डारी
९) गौरादह प्रमुख : खगेन्द्र दाहाल, नारायण राजबन्सी
उप प्रमख : लक्ष्मीदेबी चौधरी
१०) कचनकवल प्रमुख : खेपचरण यादब
उप प्रमुख : मेहरमान राजबन्सी
११) दमक प्रमुख : इन्द्र बुडाथोकी, भरतबाबू कार्की
उप प्रमुख : रामकुमारी तामाङ, लक्ष्मी चौधरी
१२) बार्हदसी प्रमुख : लक्ष्मी पकुवाल, सीताराम बस्नेत
उप प्रमुख : सुस्मा मुर्मु
१३) गौरीगन्ज प्रमुख : हिराकाजी गिरी, हुपनारायण राजबन्सी
१४) झापा प्रमुख : रामबहादुर खड्का
उप प्रमुख : इस्वरी दाहाल
१५) हल्दीवारि प्रमुख: टीका पौडेल

























