गठबन्धनको बलमा कांग्रेस-माओवादीले तोडे मेचीनगर १४ मा एमालेको दबदवा

A notice in Nepali from Mechinagar Ward No. 10

५ जेठ, मेचीनगर : गठबन्धनको बलमा नेपाली कांग्रेस – नेकपा माओवादी केन्द्रले मेचीनगरको १४ नम्बर वडामा एमालेको दबदवा तोडेका छन् । ०७४ सालमा एमालेले वडाअध्यक्षसहित सवै पद जितेको थियो । तर, २०७९ को निर्वाचनमा एमालेले वडाअध्यक्ष र एकजना खुला वडा सदस्य गुमाइसकेको छ ।

यतिमात्र होइन नयाँ संविधानले परिकल्पना गरेको तीन तहको संघीय संरचना बनेपछि पहिलो पटक २०७४ वैशाख ३१ गते पहिलो चरणको स्थानीय निर्वाचनमा व्यहोरेको हारको बदला अहिले माओवादी केन्द्रका बाबुलाल सुब्बाले लिइएरै छाडे ।

गएको निर्वाचनमा पनि नेकपा एमालेका शंकर पोखरेल र नेकपा माओवादी केन्द्रका बाबुलाल सुब्बा वडाध्यक्ष पदका लागि चुनावी मैदानमा उत्रिएका थिए । तर, एमालेका अध्यक्ष शंकरप्रसाद पोखरेल ९ सय ६२ मत प्राप्त गरी विजयी भएका थिए भने सुब्बाको भागमा ८ सय ४८ मत मात्र झर्यो, वा १ सय १४ मतले पोखरेलले बाजी मारे । आज उनै पोखरेल पाँचवर्ष अघिका आफ्ना प्रतिस्पर्धी सुब्बासँग गठबन्धनको बलमा १ सय १७ मतले पराजित भए । अघिल्लो निर्वाचनमा सुब्बा नेकपा माओवादी केन्द्रबाट खडा थिए । यो निर्वाचनमा उनले गठबन्धनको साथ पाएका कारण पनि जित दर्ता गर्न सहज भयो । यसपटक परिणाम उल्टिएर गठबन्धनकातर्फबाट नेकपा माओवादी केन्द्रले वडाध्यक्ष जितेपछि मेचीनगर— १४ मा एमालेको लाल किल्ला तोडिएको छ ।

२०७९ को अन्तिम परिणाम अनुसार वडाध्यक्षमा गठबन्धनकातर्फ उम्मेद्वार बनेका नेकपा माओवादी केन्द्रका मेचीनगर सह इञ्चार्जसमेत रहेका सुब्बा र खुला सदस्यमा गठबन्धनकातर्फबाट उम्मेद्वार बनेका नेपाली काँग्रेसका दीपक सुवेदीबाहेक अन्य उम्मेद्वारले जित दर्ता गर्न सकेनन् । उता एमालेले खुला सदस्यतर्फ लाल मोहम्द मियाँ, महिला सदस्यमा फूलकुमारी राजवंशी र दलित महिला सदस्यतर्फ विमला सेवा (शिवा) मात्र जित्यो । एमालेका खुला सदस्य सुरेश बुढाथोकी गठबन्धनकातर्फबाट उम्मे्दवार बनेका नेपाली काँग्रेसका दीपक सुवेदीसँग पराजित बने । गठबन्धनका गोपीराज मैनाली, महिला सदस्य सीता राजवंशी तथा दलित महिला सदस्य रिना सेवा (शिवा) एमालेका उम्मे्वारसँग पराजित भए । यो पटक २०७४ को तुलनामा निकै उलटपुलट नतिजा आएको बताउँछन् स्थानीय काँग्रेसका एकजना नेता । नेता भन्छन्, ‘हामीले गठबन्धन ग¥यौं, गठबन्धनको प्रयोग राम्रो भयो र परिणाममा एमालेको दबदवा तोड्न सकियो ।’ एमालेका नेताहरु भने वडानम्बर— १४ मा उम्मेद्वारी चयनमा पार्टीले कमजोर गरेका कारण असर परेको बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.