अफगानिस्तानमा भूकम्पमा परेर ९२० को मृत्यु

A notice in Nepali from Mechinagar Ward No. 10

८ असार, काठमाडौँं : अफगानिस्तानमा बुधबार बिहानै गएको भूकम्पमा परेर मृत्यु हुनेको संख्या ९२० पुगेको छ ।

उद्धारकार्य अहिले पनि जारीरहेकाले मृतकको संख्या अझै बढ्ने अनुमान छ ।

तालिवानका नेता हिब्तुल्लाह अखुंदजादले ग्रामीण इलाका अझै पनि उद्धारकर्ता पुग्न नसकेकाले मृतक तथा घाइतेको संख्या बढ्ने बताएका छन् । उनका अनुसार अहिलेसम्म ६०० बढी घाइतेलाई उपचारका लागि अस्पतालहरुमा भर्ना गरिएको छ ।

अफगानिस्तानको खोस्त सहरभन्दा करिब ४४ किलोमिटर टाढा केन्द्रविन्दु भएर ६।१ म्याग्निच्युटको भूकम्प गएको थियो । त्यसको धक्का पाकिस्तान र भारतमा समेत महसुस भएको थियो । भूकम्पबाट पूर्वी प्रान्त पक्तिका सबैभन्दा धेरै प्रभावित छ ।

– एजेन्सीको सहयोगमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.