लुनाको निधनले मेचीनगरनै स्तब्ध

A notice in Nepali from Mechinagar Ward No. 10

१ भदौ, मेचीनगर : मानिस जन्मन्छ , त्यसपछि उस्को मृत्यु हुन्छ । मानिसको जन्मपछि मृत्यु शाश्वत सत्य छ । मृत्यु शाश्वत सत्य भन्ने हुँदाहुदैँ र जान्दाजान्दैँ पनि हामी कसैले मृत्युलाई सहजरूपमा स्वीकार्न सक्दैनौँ । तर, नस्वीकारेर पनि धरै छैन् । त्यसमा पनि कति मृत्युले त शोकाकुल परिवारजन मात्र नभएर सिङ्गो समाजलाई नै स्तब्ध र मर्माहत बनाउदो रहेछ । आज हामी नचाहेर पनि झापा जिल्ला मेचीनगर नगरपालिका वडा नम्बर ७ इटाभट्टा निवासी लुना अधिकारीको मृत्युलाई स्वीकार्न बाँध्य छौ ।

तेजन र सुमित्रा अधिकारीकी जेठी छोरी लुना २०७१ सालमा धरान उपमहानगरपालिका वडा नम्बर १६ जनपथ टोल स्वामी चोकका मुक्ति दाहालसँग विवाह बन्धनमा बाँधिएकी थिईन् । लुना र मुक्तिका तीन वर्षीया छोरी यजुश्री दाहाल रहेकछिन् ।

लुना धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाअन्तर्गत धरान स्वास्थ्य चौकीको ल्याब टेक्निसियनको रूपमा कार्यरत थिईन् । २०७५ साल साउन १३ गतेदेखि धरान उपमहानगरपालिकामा सेवा प्रवेश गरेकी थिईन् लुनाले ।

पारिवारी स्रोतका अनुसार उनका ग्याष्टिकको समस्या थियो । शुक्रबार लुनाको पेट दुख्यो, उनले प्यान्टाप्राजोलको सुई लगाईन् । सुई लगाएपछि उनलाई गम्भीर एलर्जी देखियो । उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगियो । त्यहाँ उपचार समभव नभएपछि विराट मेडिकल कलेज विराटनगर पुरयाईएको थियो । उनले उपचारका क्रममा त्यही अस्पतालमा आज विहान करीब ३ बजेतिर अन्तिम श्वास फेरिन । घटनाबारे थप आधिकारीक विवरण तथा चिकित्सकीय कारण भने सम्बन्धित निकायबाट पुष्टि हुन बाँकी रहेको परिवारजनले जनाएको छ ।

दैव पनि कति निष्ठुरी । २०५२ साल भदौ १ गते वा आजैका दिन उनको जन्म भएको थियो । आज जन्मदिन मनाउने तयारी पनि थियो होला शायद, जन्मदिनकै दिन उनलाई निष्ठुरी कालले सवैका माझबाट चुडेर लग्यो । त्यसैले लुनाको वालपनको साथी सिर्जना खनाल आफ्‌नो सामाजिक सञ्जालमा लेख्छीन, ‘आज तेरो जन्मदिन, जन्मदिन को शुभकामना लेख्ने हातले हार्दिक श्रद्धाञ्जली लेख्नु पर्दा मेरो हात काँपिरहेको छ । त्यति निष्ठुर किन भैदियो दैव। तेरो आत्मा लाई शान्ति मिलोस ।सँगै बितेको बालापन सदैव सम्झना रहनेछ लुना । ’

त्यसैगरी चन्द्र निरौलाले लेखेका छन्, ‘अनेक प्रयास को बाबजुत काल को अगाडि हामीले सकेनौ छोरी (लुना अधिकरी) आज तिम्रो आज जन्म दिन मनाउने हाम्रो इछा आधुरो रयो स्वर्गमा बास होस नानी ।’

धरान उपमहानगरपालिका अन्तर्गत स्वास्थ्य शाखा स्वास्थ्य चौकीमा कार्यरत सबै कि प्रिय मिझाशिली आखाँमा राख्दा समेत नबिझाउने मृदभाषी मिलनसार स्वास्थ्यकर्मी लुना अधिकारीको मिति २०८३/५/१ गतेको दिन अल्पायुमा नै भएको दुखद निधनले १४ नम्बर वडाबासी तथा वडा कार्यालय परिवार स्तब्ध भएका छौ । मृत आत्माको चीर शान्तिको कामना गर्दै शोकाकुल परिवार जनमा धैर्य धारण गर्ने शक्ति श्री पशुपति नाथले प्रदान गरून् । वडा अध्यक्ष कृष्णप्रसाद भट्टराई, १४ नम्बर वडा कार्यालयले लेखेका छन् ।
उनको निधनको शोकमा उपमहानगरपालिकाले कार्यालय, वडा कार्यालयहरू र मातहतका स्वास्थ्य संस्थाहरूमा शोक बिदा दिएको थियो । निधनप्रति श्रद्धाञ्जली अर्पण गर्दै धरान उपमहानगरपालिकाले सोमबार एक दिन अत्यावश्यक सेवाबाहेकका सबै कार्यालय र स्वास्थ्य संस्थाहरूमा बिदा दिएको थियो । उनको आजै सुनसरीको चतरा घाटमा अन्त्येष्टी गरिएको छ ।
हव डिजिटल मिडिया प्रालि दिवंगत लुनाप्रति भावपुर्ण श्रद्धाञ्जली र शोकाकुल परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.